साउदी अरबमा NRN र हाम्रो दायित्व: धरम केसी

|
शान्त र सम्बृद्ध नेपाल बनाउने परिकल्पना (vision) अनि “For Nepali By Nepali” को Motto का साथ अघि बढेको NRN को बिश्वब्यापि अभियानमा यतिखेर साउदी अरबको NRN समुदायपनि तरङ्ति भएकोछ । त्यसो त सन २००३ मा स्थापित NRN साउदीमा रहेका NRN हरुको लागि नितान्त नौलो र अपरिचित नाम भने होइन । सन २००५ मा कतारको दोहामा सम्पन्न NRN को प्रथम क्षेत्रिय सम्मेलनमा साउदीमै लामो समयदेखि कार्यरत प्रबासी नेपाली सेवा समितिका तत्कालीन अध्यक्ष श्री तारा भण्डारी तथा अमित गुरुङ्ग सहभागि भई साउदी अरबको Country Report प्रस्तुत गर्नुभएको थियो । तत्पश्चात भने NRN-ICC र साउदी NRN समुदायबिच खास कुनै अन्तरसम्बन्ध तथा सर्म्पर्क विस्तारित हुननसकेको देखिन्छ । बस्तुतः साउदीमा आएका प्रायः सबैनै नेपालीहरु आफ्नो श्रम बेच्न बिदेशिएका कामदारहरु भएको, सबै आ आफ्ना कम्पनीका नियम र सीमाभित्र बांधिएका, अधिकांशलाई कुनैपनि संघ संस्था तथा तिनका सिमित कृयाकलापहरुप्रति कुनै जानकारी, चांसो या सरोकार नै नभएको यथार्थ एकातिर छ भने अर्का तिर साउदीकै खासगरी दमाम क्षेत्रमा प्रबासी नेपालीहरुकै सेवा र हक हित संरक्षण गर्न भनी प्रबासी नेपाली सेवा समिति लगायत बिभिन्न जिल्लाहरु, अञ्चल र समुदायका नाममा कार्य समितिहरु गठन भई कृयाशील रहेको अवस्था पनि छ । खाडी मुलुकहरुमध्येपनि रोजगारको लागि तुलनात्मक रुपले कम आकर्षण मानिएको, कडा धार्मिक र सामाजिक परिपाटी रहेको, एउटा पनि सिनेमा हल नभएको र लिखित संबिधान नै नभएको संसारकै एकमात्र बिचित्र मुलुक भएतापनि साउदी अरबमा संसारभरिकै कूल तेल क्षमताको एक चौथाइ हिस्सा रहेजस्तै NRN को बिधानले परिभाषित गरेका संसारभरिकै गैर आबासिय नेपालीहरुमध्ये एक चौथाइ NRN भएको मुलुक पनि हो । यत्रो ठूलो संख्यामा NRN हरु रहेको यस मुलुकमा स्थापनाको ४ वर्ष पनि NRN को NCC बन्न नसक्नु आंफैमा एउटा गहन अध्ययन र बिश्लेषणको बिषय बन्नसक्छ । त्यसो त NRN स्थापनाको शुरुकै बर्षमा साउदीमा पनि यसको महत्वका साथ सर्न्दर्भ नकोट्याइएको भने होइन । तत्कालिन सर्न्दर्भको यस्तै एउटा लेखमार्फत साउदीमा खोलिएका प्रबासी नेपालीका बिभिन्न संघ संस्थाहरुलाई एउटै सुत्रमा एकताबद्धगरी एउटा मजबुत र प्रभावकारी संगठनको निर्माण तथा बिकासगर्ने मनसायकासाथ NRN को नाम लिइएकोथियो । परन्तु सांगठनिक कृयाक्लापमा सकृय प्रायः सबै साथीहरु तत्काल आ आफ्नै डम्फु बजाउनमा ब्यस्त रहंदा NRN को नयां धुन सुन्ने मानसिकता कसैमा देखिएन । तर आज समयले कोल्टे फेरिसकेकोछ । यस बिचमा ल्च्ल् अझ बढी सशक्त र प्रभावकारी बन्दैगएकोछ । स्वदेशमैपनि कतिपय परियोजना तथा बिकास कार्यमा प्रत्यक्ष सहभागी हुनथालिसकेको NRN ले आफ्नो कानूनी, नीतिगत तथा सांगठनिक अवस्था समेत निरन्तर सुदृढ र परिस्कृत बनाउंदैलगेको अवस्थाछ । आजको बस्तुगत ताजा यथार्थ जग जाहेरछ (NRN, यसको भूमिका र सम्भाब्य योगदान नेपाल सरकारको बाषिर्क नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकताकासाथ उल्लेख भैसकेकोछ । यसरी NRN अब हिंजोको MP3 मा बज्ने सानो धुन होइन यो त डिभिडीमा हेर्नसकिने डिजिटल भिडियो म्यूजिक बनिसकेकोछ । हामी साउदी अरबका NRN हरुले अब सोंच बिचार गर्नैपर्दछ कि हामी अझै कतिञ्जेल डम्फुकै तालमा मात्र नाचिरहने ? DVD समयको माग हो, आवश्यकता हो, प्रबिधिको समसामयिक परिस्कृत स्वरुप हो । यसैले NRN को अत्याधुनिक, चित्ताकर्षक तालमा ताल किन नमिलाउने? सम्भवतः यस्तै सोंचको बिकास भएर होला ढिलै भएपनि साउदीमा प्रवासी नेपालीहरु आंफूहरु पनि NRN भएको पहिलोपल्ट महसूस र अनुभूति गर्दैछौं । NRN हुनुको मर्म, बिडम्बना र बाद्यताका बिचपनि आफ्नो भूमिका, स्वदेशका लागि सम्भाब्य योगदान, गौरब र सन्तुस्टीका पक्षहरु नियाल्दैछौं अनि वर्तमान र भबिष्यमासमेत आफ्नो अस्तित्व, हक र हितलाई स्वदेशमा र आंफू कार्यरत क्षेत्र (विदेश) मा समेत कसरी सुरक्षित र सर्म्बर्द्धन गर्नसकिन्छ भनी मन्थन गर्दैछौं साथै शान्त र सम्बृद्ध नेपाल बनाउने NRN को महान परिकल्पनालाई साकार पार्न NRN को विश्व समुदायसंग कसरी हातेमालो गर्नसक्छौं, हाम्रो मन्थनको अर्को बिषय रहेकोछ । मन्थनको शिलशिला शुरुभैसकेकोछ । गत जुन २८मा नै साउदी अरबका का.बा. राजदूत श्री प्रकाश सुबेदीज्यूको समुपस्थिति तथा प्रमुख आतिथ्यमा NRN सम्बन्धी यस्तै बिषयबस्तुहरुमा खोभारमा अन्तरकृया कार्यक्रम सम्पन्न भैसकेकोछ । यस प्रथम अन्तरकृया कार्यक्रमको लागि बिशेष पहलकदमी तथा संयोजन गरेर श्री कृष्ण प्रसाद शर्मा सुबेदीजीले NRN साउदी अरबको इतिहासमा आफ्नो नाम लेखाइसक्नुभएकोछ । त्यस्तै आफ्नो कार्य ब्यस्तताका बावजुदपनि यस अन्तरकृया कार्यक्रममा बिशेष समय दिई छलफलमा उठेका कतिपय बिषयहरु प्रष्टपार्दै सहभागीहरुलाई NRN-NCC गठनकोलागि उत्प्रेरणा तथा हौसला प्रदान गर्नुहुने का.बा. राजदूत महोदय लगायत आफ्नो मन्तब्य तथा सुझाव ब्यक्त गर्नुहुने डा. युद्ध बहादुर क्षेत्री, इञ्जिनियर धरम के.सी., तारा नाथ भण्डारी, संयोजक कृष्ण प्रसाद शर्मा सुबेदी, उदघोषक सागर श्रेष्ठ साथै आफ्नो मन्तब्य दिई छलफलमा सहभागी भएका सबै ल्च्ल् हरुको अन्तरकृया कार्यक्रममा सकारात्मक योगदान रह्यो । NRN को बिश्वब्यापी अभियानमा साउदीको बिशाल NRN समुदायलाई पनि सरिक गराउने, सहकार्य तथा हातेमालो गर्न मार्ग प्रसस्त गर्ने सर्न्दर्भमा उक्त कार्यक्रम अत्यन्तै सकारात्मक, आवश्यक र सह्रानीय पहिलो पहलकदमी भएकोमा शायद कुनै बिमति नहोला । अबको कदम के हुनुपर्दछ अर्थात साउदीका हामी NRN हरु अब कसरी अघि बढ्ने भन्ने प्रश्न नै छलफलको समसामयिक र महत्वपूर्ण बिषय हो भन्ने मलाई लागेकोछ र यस बिषयमा मुलतः साउदीका NRN हरुबिचमा नै आवश्यक सुझबुझ, सजगतासहित गम्भीरताकासाथ थप मन्थन गर्नुपर्ने र NRN-ICC संग आवश्यक सर्म्पर्क तथा समन्वय राख्दै अनि साउदी NRN हरुकै बिशिष्ट धरातलीय परिस्थितीलाई मध्यनजर राख्दै, सांगठनिक तवरमानै हाम्रा आवश्यकताहरुलाई यथोचित सम्बोधन गर्न, हाम्रा समस्याहरुको समाधान खोज्न अनि हाम्रो भूमिका, हक, हित र सुरक्षित भविश्यको सुनिश्चितताको लागिपनि अब साउदी अरबमापनि NRN-NCC, ICC हरु गठनगरी अग्रगामी कदमचाल्न ढिलो गर्नुहुंदैन । अन्यथा समयले हामीहरुलाई अझै पछाडी छाड्ने निश्चित छ । हो, यसरी सामुहिक र सांगठनिक रुपमा अघि बढ्दा केही आधारभूत मान्यता तथा मापदण्डहरु भने अनौपचारिक रुपमै भएपनि तयगर्नुपर्ला कि? जस्तो कि क. संगठन (NCC) समग्रमा समावेशी, सन्तुलित, सहयोगी र सकृय हुनुपर्ने । ख. NRN आफैमा गैर राजनैतिक (Non-Political) र नाफारहित (Non-Profit Making) संगठन भएकोले कुनैपनि दलिय राजनीतिबाट निरपेक्ष रहेका तथा ब्यापारिक उद्येश्य -स्वार्थ) नरहेका ब्यक्तिहरुको नै यसमा चयन हुनुपर्ने । ग. कुनैपनि ब्यक्तिको र्सार्बजनिक पहिचान (Publicity) भन्दापनि उसमा निहित बैचारिक तथा बौद्धिक क्षमतालाई बढी महत्व दिइनुपर्ने, किनकि बहु प्रचारित ब्यक्तिको बिचार तथा उद्येश्य अन्ततः सही नहुनपनिसक्छ भने सही बिचारले ढिलैभएपनि आफ्नो पहिचान बनाउंछ नै । त्यस्तै साउदीमा NRN-NCC आखिर केका लागि त भन्ने प्रश्न पनि उठ्नसक्छ । सरकारी कुटनैतिक स्तरमा नै यहांका श्रमिक सम्बन्धित र अन्य थुप्रै औपचारिक र भैपरिआउने काम कुराहरुकोलागि स्वयम् नेपाली राजदूतावास नै यस मुलुकमा दशकौंदेखि मौजुदछ भने प्रबासी नेपालीहरुका बिभिन्न समस्याहरु तथा सरोकारका बिषयहरुलाई सामाजिक तथा क्षेत्रियस्तरमा नै यथासक्य सम्बोधन गर्नका लागि पनि वेलफेयर कमिटिहरुको कुनै अभावछैन । तर पनि साउदीमा धरातलिय यथार्थ तथ्य भने यस्तो छः १. साउदीमा नेपाली दूतावास खुलेको दशकौं बितिसक्दापनि नेपालमा भने साउदी अरबको दूतावास अहिलेसम्म खुेलेकोछैन जबकि तुलनात्मक दृष्टिमा साउदीभन्दा साना र नेपालका लागि कम महत्वका यसै क्षेत्रका मुलुकहरु – इजिप्ट, इजराइलका दूतावास भने काठमाडौमा लामो समयदेखि अवस्थितछन । साउदी अरबको दूतावास काठमाडौमा नभएकै कारण साउदीमा रहेका र साउदी आउने नयां नेपालीहरुले थुप्रै समस्याहरु र ब्ययभार ब्यहोर्नुपरेको कुराका हामीहरुनै भुक्तभोगीछौं । २. त्यस्तै अहिलेसम्म पनि करीब ३,५०,००० ल्च्ल् हरु रहेको यस साउदी अरबको साउदी एअरलाइन्स नेपाल जांदैैन भने नेपाल एअरलाइन्स पनि साउदी अरब आएको अवस्थाछैन अर्थात सिधा हवाई सर्म्पर्क स्थापितहुन सकेकोछैन । ३. साउदी अरब र नेपालको बिचमा अहिलेसम्म श्रम सम्झौता पनि हुनसकेकोछैन जबकि हालैमात्र यसै खाडी क्षैत्रको सानो मुलुक – यू.ए.इ.संग भने नेपालको श्रम सम्झौता सम्पन्न भैसकेकोछ । ४. सम्भवतः संसारकै सबभन्दा कम औसत तलबमा आफ्नो श्रम बेचिरहेका यस मुलुकका NRN हरुले स्वदेशमा आफ्ना परिवारसंग फोनगर्दा संसारकै सबभन्दा महङ्गो -उच्चतम) शुल्कतिर्न बाद्यछन । यही चर्को टेलिफोन शुल्क र अत्यन्त न्यून तलब भएका कारण धेरैको सम्पूर्ण तलबको झण्डै २५५ को हाराहारीमा फोनमामात्र खर्चहुनेगरेको दुखद अवस्थाछ । ५. खासगरी प्राबिधिक शीप र दक्षता तथा योग्यता र क्षमताको अभावमा अधिकांश साउदी NRN हरु अहिलेपनि सबभन्दा तल्लोस्तरमा र प्रायः अन्य मुलुकका दक्ष कामदारहरुको हेल्परको रुपमा कामगर्न बाद्यछन । परिणामतः साउदीमा NRN हरुको सामान्य छबी Lowest Profile मा छ भने यति ठूलो संख्याको बावजुदपनि कम तलब भएकै कारण अपेक्षित रेमिटेन्स स्वदेशमा भित्रिन नसकेको अवस्थाछ । यी केही यस्ता सूचकाङ्कहरु हुन जसले यथार्थमा साउदी NRN को अवस्था कति नाजुक र बिडम्बनापूर्ण छ भन्ने दर्शाउंछ । भोलीका दिनमा NRN-ICC साउदी अरबको पहलमा दशकौंदेखि बिद्यमान माथि उल्लेखित तथ्यहरुमा आंशिकमात्रपनि सुधारहुनसक्यो भनेपनि साउदी NRN हरुको आफ्नो इतिहास स्वतः स्वर्णाक्षरमा लेखिदैजानेछ । त्यसो त साउदीमा केही गरौं भनी अघिर्सर्ने सशक्त र प्रभावकारी संघ संस्थाहरुकोलागि मुद्धाहरुको कुनै कमिछैन र NRN ले नै ती सबै कार्यहरु गर्नुपर्छ भन्नेपनिछैन । NRN-ICC को अन्तराष्ट्रिय -केन्द्रिय) नीति तथा उद्येश्यहरुमा साथ सहभागिता जनाउंदै साउदीभित्रैका स्थानिय वेलफेयर कमिटिहरुसंग समेत सहकार्य र समन्वय गर्दै साउदीका NRN हरुकालागि र स्वदेशकालागिसमेत थोरैमात्रपनि हितकारी योगदान पुर्‍याउन सकियोभने NRN-NCC साउदी अरबको औचित्य सावितहुनेछ अन्यथा नाममात्रको राष्ट्रिय समन्वय समिति (NCC) को साउदी अरबमा कुनै अर्थ र औचित्य नरहनपनिसक्छ । NRN त हामी सबै त्यसैपनि हौ नै । हामीलाई फोटो होइन भिडियो चाहिएकोछ अर्थात गतिशिलता चाहिएकोछ । यर्सथ आउनुहोस, हामी सबै एकैठाउंमा बसेर केही ठोस र र्सार्थक काम गरौं । आग्रह पुर्बाग्रह केही नराखी, आपसी मतभिन्नताहरुनै यदि केहीछन भनेपनि संगै बसेर निरुपणगरौं । सम्पूर्ण NRN हरुको हक हितको संरक्षण र सर्म्बर्द्धन गर्दै सांच्चिनै शान्त र सम्बृद्ध नेपाल बनाउने महान लक्षमा हामी सबै मिलेर एक अर्काको होंस्टैमा हैंसे मिलाऊं । आखिर NRN आंफैमा एउटा ँअभियान� हो । पद गौण कुरा हो, सु-बिचार र सोको कार्यान्वयन नै महान कार्यहुन्छ । यही जुलाई १९ तारीख बिहीबार राती दमाम क्षेत्रमा नै पुणः दोस्रो अन्तरकृया कार्यक्रम राखिएकोछ । NRN-ICC का खाडी क्षेत्रका उपाध्यक्ष श्री सागर नेपालज्यूको बिशेष उपस्थ्तिमाहुने यस दोस्रो अन्तरकृया कार्यक्रममा तपाई हामी सबै सहभागी बनौं र NRN साउदी अरबको यस ऐतिहासिक शुभ घडीमा हाम्रा बिचार र सुझाव प्रकट गरौं र यसै अनौपचारिक भेलाबाटनै एउटा टुङ्गोमा पुगौं र यस शुभ अभियानलाई एउटा ठोस, सफल र र्सार्थक मोडमा पुर्‍यायौं । पुनश्चः दोस्रो भेलाको लागि माथि निर्धारित रातको ७.३० बजे दमामको नेपाली भोजनालयमा जम्माहुन र भेलासम्बन्धी थप जानकारीको लागि तारा भण्डारी -०५०४८३२३९०) वा कृष्ण सुवेदी -०५०१३६८१४५) लाई सर्म्पर्क गर्नुहुनसमेत अनुरोध गर्दछु । धरम के.सी. प्रोजेक्ट इञ्जिनियर Email: dharamkc@yahoo.com फोनरफ्याक्सः ०० ९६६ -०)३ ८११०५३४ मोबाइलः ०० ९६६ -०)५६७६५९७९५