राजनीतिक भेटघाटले एनआरएनको उद्देश्यमा बल पुगेको छ

|
निलेन्द्रराज श्रेष्ठको जन्म ललितपुर जिल्लाको पाटनमा भएको हो । उहाँ विगत तीस वर्षदेखि जर्मनीमा बसोबास गर्दै आउनु भएको छ। खेलकुद क्षेत्रमा विशेष दख्खल राख्नु हुने श्रेष्ठ विश्वव्यापी नेपालीहरुको सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुनुहुन्छ । जर्मन नागरिकसँगै विवाह बन्धनमा बाँधिनु भएका श्रेष्ठ दुई सन्तानका साथ जर्मनीमा बस्दै आउनु भएको छ। नेपालमा हुन लागेको संविधानसभाको निर्वाचनमा प्रवासी नेपालीको मताधिकार, लगानीको उपयुक्त वातावरणलगायतका मागसहित एनआरएनको एक टोलीले हालै नेपालका विभिन्न प्रमुख राजनीतिक दलका नेता, सम्बद्ध मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीहरुसँग छलफल गरेको थियो । सो सन्दर्भलाई दिएर श्रेष्ठसँग हामीले संक्षिप्त कुराकानी गरेका थियौ । प्रस्तुत छ सोही कुराकानीको महत्वपूर्ण अंशः सम्पादक एनआरएनको राजनीतिक भेटघाट कस्तो रह्यौ संक्षेपमा बताइदिनुस् न ? हामीले दुई वटा कुरालाई लिएर राजनैतिक भेटघाटलाई तीब्र बनाएका हौ । त्यसमा हामी सफल पनि भएका छौ । हामीले नेपालका सबै ठूला राजनीतिक दलका सचेतक, प्रमुख नेता, मन्त्रीहरुलाई भेट्यौ । आम्रो उद्देश्यलाई एक हदसम्म सफल पनि पारेका छौ । यसमा हामीलाई खुसी पनि लागेको छ । भेटका क्रममा हामीले विशेष गरेर दुई तीन वर्षदेखि सरकारसँग पेण्डिङ्गमा रहेको विल पास गराउने विषयमा कुरा गर्‍यौ, यो विल भन्नाले एनआरएन कसरी अगाडि बढ्ने, दर्ता प्रक्रिया, लगानी लगायत जति पनि एआरएनले उठाएका मागहरु छन् त्यसलाई हामीले विल भनेका हौ । भेटमा हामीले एनआरएन भन्ने संस्थालाई वैधानिकता दिनुपर्ने माग राखेको छौ । किनकि एनआरएनका विभिन्न शाखाहरु विदेशमा दर्ता छन् तर माउ चाहिँ दर्ता छैन यसले गर्दा काममा अप्ठ्यारो अवस्था आएको छ । त्यसैगरी एउटा नेपालीले विदेशी नागरिकता पाए पनि उसले नेपालको सम्पत्ति भोग चलन गर्न पाओस् । नेपाल आउँदा नेपालीलाई भिषा नलागोस् भन्ने कुरा पहिलो थियो । त्यसैगरी विदेशमा रहेका नेपालीहरुले पनि नेपालमा हुन लागेको ऐतिहासिक संविधानसभाको निर्वाचनमा भाग लिन पाउनुपर्छ । नेपालका अलि पढेलेखेका मानिसहरु एउटा न एउटा बहाना बनाएर विदेश गएका छन् । देश बाहिर रहेका शिक्षित र बैद्धिक वर्गले पनि नेपाल र नेपाली जनताको भविष्यको फैसला गर्न पाउनु पर्छ भन्ने हो । हामीले यी नै दुईवटा माग अघि सारेका छौ । यसबीचमा तपाईहरुले क-कससँग भेट गर्नु भयो ? हामीले नेपाली कांग्रेस, नेपाली कांग्रेस प्रजातान्त्रिक, नेकपा एमाले, नेकपा माओवादी लगायता सबै ठूला पार्टीका सचेतक तथा नेताहरुसँग भेट गर्‍यौ । त्यसैगरी अन्तरिम विधायिका संसदका सभामुख र उपसभामुख, परराष्ट्र मन्त्री, उद्योग मन्त्रीसँग भेट गरेका छौ । त्यसैगरी प्रत्याक्ष अप्रत्यक्ष सबै नेताहरुसँग भेट गरेका छौ । यसरी भेटनुको प्रमुख कारण नै हामीले उठाएका मागले छिटोभन्दा छिटो पूर्णता पाओस् भन्ने हो । उहाँहरुबाट के प्रतिक्रिया पाउनु भयो त ? अहिलेसम्म हामीले जति नेताहरुलाई भटेका छौ, उहाँहरु सबैबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौ । हामीले उठाएका मागलाई राष्ट्रिय मुद्दा हो भन्दै अत्यन्तै चनाखोका साथ लिने गरेको पायौ । तर किन यो विधेयक पास हुन नसकेको हो भन्दै उहाँहरुले आश्चार्य पनि प्रकट गरेको पनि हामीले पायौ । यसले गर्दा हामीले आशा गरेका छौ अब केही दिनमा यो सदनबाट पास हुन्छ । यसै विषयलाई लिएर आगामी दिनमा अरु चरणका भेटघाट पनि हुन्छन कि ? हामीले यो मागलाई लिएर सदनमा छलफल गर्न र पास गर्न सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग भेट गर्‍यौ । अहिले यति नै हो । हामीलाई यसै भेटबाट आशा लागेको छ अब हाम्रो मागले किनारा पाउने छ । यदि नपाएमा अर्को चरणको भेटघाट गर्न पनि हामी तयार हुनेछौ । तपाईहरुले नेपालमा हुन लागेको संविधानसभामा भाग लिन पाउनुपर्छ भन्ने मागलाई प्रथामिकता दिदै आउनु भएको थियो, यो विषयमा चाहिँ छुट्टै छलफल भएन ? सबभन्दा पहिला त संविधानसभाको निर्वाचन जेठ महिनामा हुने सहमति भएको थियो । त्यस अवधिमा हामीले चाहेर पनि प्रवासी नेपालीहरुलाई संविधानसभाको निवार्चनमा प्राविधिक कारणले सहभागी गराउन सक्दैनौ भनेर नेपाल सरकारबाट प्रतिक्रिया आएको थियो । यस विषयमा हामी पनि मौन सहमति जनाउँदै आगामी दिनमा हुने निर्वाचनमा भाग लिने व्यवस्था गर्नुपर्छ भनेको थियौ । तर अब निर्धारित समयमा चुनाव नहुने भएपछि, हामीले पनि भाग लिन पाउनुपर्छ भनेर आफ्नो मागलाई थप बुलन्द पारेका छौ । भेटमा पनि हामीले यसलाई कडाइका साथ राख्यौ । संविधानसभाको चुनावमा भाग लिनका लागि एनआरएनले गर्नुपर्ने सबै काम गर्न तयार रहेको जानकारी पनि सरकारलाई गराएका छौ । हामी तयार छौ, हामीले के गर्नु पर्‍यो त्यो गर्न । यदि हामीले हम्रो अधिकारको प्रयोग गर्न पाइन्छ भने हामीलाई खर्चको कुनै मतलव छैन, जस्तोसुकै परिस्थितिमा पनि एआरएनका अनुमानित तथ्यङ्क अनुसार चौध लाख नेपाली काम र खर्च गर्न तयार छन् । हामी कुनै कसर बाँकी राख्दैनौ । तपाईहरुले दिएको यो आश्वसनलाई उहाँहरुले कसरी लिनु भयो त ? उहाँहरुको कुरामा त पहिले प्रवासी नेपालीहरुले पनि संविधानसभाको निर्वाचनमा भाग लिन पाउने व्यवस्था हुनु पर्‍यो भन्ने नै रहेको छ । तर, संविधानसभाको निर्वाचन कहिले हुने भन्नेबारेमा कुनै निर्णय नभएकाले ठ्याक्कै किटान गरेर केही पनि भन्न सक्नु भएन । तर हामीले संविधानसभाको चुनावका लागि देखाएको प्रतिवद्धतालाई अत्यन्तै सकारात्मक रुपमा लिनु भएको छ । आशा छ जुन रुपमा लिइएको छ त्यही रुपमा काम हुन्छ । प्रवासी नेपालीहरुलाई संविधानसभाको निर्वाचनमा सहभागी गराउने माध्यम चाहिँ के के अघि सार्नु भएको छ नि ? हामीले विभिन्न देशमा रहेका नेपाली राजदूतावासहरुको सहयोगबाट संविधानसभाको निर्वाचनमा भाग लिन सकिन्छ भनेका छौ । त्यसैगरी कतिपय देशमा राजदूतावास छैनन त्यो राजदुत नभएका देशलाई हेर्ने अर्को देशका राजदुत हुन्छ त्यसबाट पनि समस्याको समाधान गर्न सकिन्छ । फेरी अहिले सञ्चारले पनि धेरै फड्को मारिसकेको छ । सञ्चारको सहयोगमा पनि त्यो काम सफल हुन सक्छ । यहाँ त नेपाल सरकारले चाहनु मात्र पर्‍यो । मैले अघि नै पनि भने यसका लागि पनि हामी सहयोग गर्न तयार छौ । यसबारेमा नेताहरुले केही भनेन् त ? एकदम धेरै सकारात्मक प्रतिक्रिया पाइएको छ । हुन त नेपालका राजनीतिक नेताहरु विदेशमा जाँदा र बोल्दा प्रवासी नेपालीहरुलाई संविधानसभाको निर्वाचनमा सहभागी गराउने कुरामा सक्रिय पहल चालिने बताउँदै आउनु भएको थियो । यसबाट हामीले ठूलो आशा लिएका थियौ तर त्यो आशामा मात्र सीमित भयो । विदेशमा बोलेको कुरालाई नेताहरुले नेपालमा व्यवहारमा लागु गर्न सक्नु भएन । यस विषयमा हामीलाई धेरै दुःख लागेको छ । यो कुरा पनि हामीले भेटका अवसरमा राखेका थियौ । उहाँहरुले कुरा राखे पनि नेपालको विभिन्न प्राविधिक कारणले गर्दा त्यसले सफलता पाउन नसकेको बताउनु भएको थियो । हो, हामीले त्यतिबेला यो कुरा पत्यायौ अब पत्याउनेवालमा छैनौ किनकि अब समय धेरै बाँकी छ जस्तो हामीलाई लाग्छ । हामीले उठाएका मागहरुका बारेमा सरकारले वास्ता नगर्दा हामीमा निराशा पनि पैदा भएका थियो तर अबको भेटमा हामीले खुशीयाली प्रकट गर्ने ठाउँहरु पाएका छौ । भेटेका सबै व्यक्तिहरु आफैले काम थाल्ने बताउनु भएको छ । प्रसंग बदलौ, तपाईहरुले नेपालमा लगानीको कुरा पनि उठाउँदै आउनु भएको थियो यस बारेमा प्रष्ट पारिदिनुस् न ? लगानीको कुरामा सब भन्दा पहिले म के भन्छु, भने पैसाको लगानी मात्र लगानी होइन । सीपको पनि लगानी हुनुपर्छ । हाम्रा केही एनआरएनका साथीहरुले लगानी गर्नु भएको छ । त्यति मात्र लगानी होइन । जस्तै मेरै कुरा गर्ने हो भने मैले खेलकुद क्षेत्रमा समय बिताएँ त्यसै अनुसार खेलकुद क्षेत्रमा हातहालेँ । अब मैले नेपालमा अन्तर्राष्ट्रिय स्तरको म्याराथन प्रतियोगिता गर्न लागेको छु । यो पैसाको लगानी नभई सीपको लगानी हो । हामीले पैसा र सीपलाई सँगसँगै लगानी गरेर जानुपर्छ भन्ने मेरो मान्यता छ । त्यही अनुसार हामी अघि बढेका छौ । हामीले नेपालमा लगानी अर्थात सहयोग गरेको भनेको बृद्धाश्रमको शिलान्यास भएको छ र त्यहाँ कामहरु पनि भइरहेका छन । त्यसैगरी नेपालको ७५ वटै जिल्लामा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा काम गर्ने प्रोजेक्टहरु संस्थामा तयार रहेको छ । कति ठाउँमा त काम पनि भइरहेको छ । त्यसैगरी व्यक्तिगत रुपमा अरु पनि धेरै लगानी भइरहेको छ । धेरै नेपालीहरुले नेपालमा लगानी गर्न चाहिरहेका छन् । यो लगानी सबैले संस्थागत रुप चाहिरहेका छन् तर सरकारले यतातिर ध्यान नदिएकाले कामहरु छिट्टो हुन सकेको छैन । त्यसैले पनि हामीले हाम्रो संस्थालाई पहिले दर्ताको माग गरेका हौ । यो संस्था दर्ता हुने बित्तिकै नेपालमा एनआरएनले धेरै लगानीहरु गर्ने छन् यसमा दुविधा छैन । तपाईहरुले लगानीका लागि वातावरणको पनि कुरा उठाउनु भएको थियो नि ? हो, नेपालमा केही समयअघि लगानीका लागि उचित वातारण थिएन तर अहिले त्यो अवस्थ अलि छैन । फेरी हमीले यो पनि बुझ्नुपर्छ कि विदेशीहरुले नेपालमा लगानी गर्न नेपालको वातावरण खोज्ला तर नेपालीले लगानी गर्न वातावरण खोज्दैन । हो, यसले वातावरण राम्रो होस् भन्ने चाहन्छ, तर उसमा नेपालप्रतिको मायाले जस्तोसुकै वातावरणमा पनि लगानी गर्न सक्छ । यहाँ हामीले ठूलो लगानी मात्र चाहेका होइनौ सानोतिनो लगानीले पनि नेपाललाई संमृद्ध बनाउन सकिन्छ । तर यहाँ हामीले नै वैधानिकता पाएनँै यसमा दुःख लागिरहेको छ । दोहोरो नागरिकताको विषयमा पनि कुरा उठाउँदै आउनु भएको थियो नि ? यो कुरा चाहिँ कहाँ पुगेको छ ? अहिले हामीले दोहोरो नागरिकताको कुरा नै गरेका छैनौ । किनकी दोहोरो नागरिकता हुँदा सबै विदेशमा बसेका नेपालीले दुई वटा नागरिकता बोक्न पाउदैनन् त्यसैले यसमा प्रवसी नेपालीहरुले फाइदा लिन पाउँदैनन् । जस्तै जर्मनीमा कसैले पनि दुई वटा देशको नागरिकता एकै जनाले बोक्न पाउँदैन त्यसैले हामीले के विकल्प अघि सारेका छौ भने पीएनओ (पिपुल अफ नेपाली ओरिजन) कार्डको कुरा उठाएका छौ । यसबाट विदेशमा रहेका नेपालीले भिषाको काम गर्ने र आफ्नो सम्पत्तिको रक्षा गर्न सकुन भन्ने हो । यसबारेमा पनि हामीले नेपाल सरकारसँग कुरा राख्दा सकारात्मक जवाफ पाएका छौ । पीएनओ कार्ड र दोहोरो नागरिकता प्रणाली मध्य कुन चाहिँ लाभदायक हुन्छ ? पीएनओ कार्ड नै बढी लाभदायक हुन्छ । त्यसैले हामीले यसैमा जोड दिएका हौ । जुन रुपमा यहाँहरुले अहिले भेटघाट गर्नु भयो यो कन्सेप्ट चाहिँ कहाँबाट आयो नि ? हामी विदेशमा बसे पनि नेपाल र नेपालीलाई माया गर्न छाडेका थिएनौ । हरेक तवरबाट नेपाललाई सहयोग गरी नै रहेका थियौ । फेरी देशको शान्तिको माहोल पनि केही बिग्रेको थियो । त्यो बेलामा पनि देशलाई कसरी शान्ति क्षेत्रको रुपमा चिनाउन सकिन्छ भनेर आफ्नो लागि भन्दा पनि देशका लागि लागिरहेका थियौ । नेपालमा आन्दोलन पनि भयो त्यो आन्दोलनमा हामीले पनि ठूलो सहयोग पुर्‍यायौ । र नेपालमा लोकतान्त्र स्थापना भयो । माओवादी पनि सरकारमा गएको छ । समावेशीको कुरा उठ्यो र हामी जति पनि नेपालमा आएका छौ, ती सबैले फेरी एक पटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्ने निर्णय गरे पछि हाम्रो भेटघाटको यात्रा अघि बढेको हो । एनआरएनको आगामी अक्टोबरमा तेस्रो विश्व सम्मेलन हुन गइरहेको छ यसको बारेमा भइरहेको तयारीबारे केही बताइदिनुस् न ? हाम्रो प्रत्येक दुई वर्षमा विश्व सम्मेलन हुनेगर्छ । यसमा प्रवासमा रहेका अधिकांश नेपालीहरुको सहभागिता रहने गर्दछ । त्यसै अनुसार यसपाली हामीले १५, १६, १७ अक्टोबरलाई हामीले यो सम्मेलन गर्ने निर्णय गरेका छौ । यो सम्मेलनमा विगतका दिनमा हामीले गरेका कुराहरुको समीक्षा गर्दै नयाँ योजना तय गर्ने निर्णय भएको छ । आन्तरिक कुरालाई लिएर पनि यसमा छलफल गर्नेछौ । त्यसैगरी अहिले सरकारले एनआरएन विल पास गरेमा पहिले २ सय ५० एनआरएन सदस्य बाहिरबाट नेपालमा आएका थिए, तर एनआरएन सदस्य २ सय ५० भएमा २ सय ५० नेपालीलाई सामेल गराएर भाइचाराको सम्वन्ध कायम गर्ने योजनामा हामी लागिपरेका छौ । यसले हामीलाई धेरै खुशी र नयाँ विश्वासको वातावरण पनि पैदा गर्नेछ । हामीले अहिलेसम्म त्यस्तो कुनै एजेण्डा बनाएका छैनौ किनकि समय अझै बाँकी छ । हामी छलफलको प्रक्रियामा नै लागिपरेको छौ । अबको केही महिनामा नै यो सार्वजनिक हुन्छ । जर्मनमा एनआरएनको गतिविधि चाहिँ कस्तो छ नि ? एनआरएनमा हामीले धेरै राम्रो काम गर्दै आएका छौ । त्यहाँ रहेका नेपालीहरुलाई सहभागी गराएर नेपालीमा परेका विभिन्न समस्यको समाधान गर्ने प्रयास गरेका छौ । त्यसैगरी हामीले गत वर्षदेखि एउटा दाइजो प्रथाको थालनी गरेका छौ यसबाट नेपालका सयभन्दा बढी नेपाली चेलीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेका छौ । मनाङमा दुइ शैयाको अस्पताल निर्माण गर्ने प्रोजेक्ट पारित गरेको छौ । समग्रमा भन्नु पर्दा हामीले अरु देशको तुलनामा राम्रो काम गरेको छौ । यो कार्यलाई निरन्तरता दिने छौ ।� जर्मनीमा कस्ता-कस्ता नेपालीको बसोबास रहेको छ, उनीहरुले के-कस्ता समस्या भोग्ने गरेका छन् ? त्यहाँ कति नेपालीको बसोवास छ भन्ने बारेमा हामीसँग कुनै आधिकारिक तथ्याङ्क छैन तर हामीले अनुमान गरेका छौ सातदेखि आठ हजारका हाराहारीमा नेपाली हुनु पर्छ । विशेष गरेर धेरै बैद्धिक वर्ग, व्यापारी, शिक्षक, र साधरण काम गरेर बसेका छन् उनीहरु । कानुनी रुपमा बसेका ने