नेपाली आँखाबाट अमेरिका: शारदा रिजाल (श्रोत: नेपाली पोष्ट)

|
काठमाडौं, जुलाई २९ प्रवासीलाई मताधिकार दिनुपर्छ यो प्रजातान्त्रिक हक हो । ढिला भयो भने यसले प्रश्न जन्माउंछ – अमेरिकी विश्वविद्यालय अन्तर्गतको प्रजातन्त्र र निर्वाचन व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक डाक्टर टोबी मुरका यी भनाइहरु लक्षित थिए नेपालको आसन्न संविधानसभाको निर्वाचनतिर । नेपालभित्र प्रवासीलाई मताधिकार दिनु हुन्छ �हुंदैन भन्ने बहश चलिरहेको बेला नेपालबाहिर बस्ने नेपाली मात्र होइन विदेशीहरुले समेत चासो देखाउने गरेको बिषय हो – संविधानसभाको निर्वाचन चुनावी प्रकि्रया र व्यवस्थापन । जनताको भविष्य फेर्ने अचूक अस्त्र भनेर प्रचार गिरंदै आएको संविधानसभाको निर्वाचन २०६४ सालको जेठमा गर्ने भनेर अन्तरिम संविधानको प्रस्तावनामै उल्लेख भएपनि आठ दलबीच मतैक्य र पूर्वतयारी पर्याप्त नहुंदा मंसिरमा निर्वाचन सरेको छ । यी यस्ता देशका भावनासंग प्रत्यक्ष गांसिएका मूल मुद्दामा दलहरुबीचको विवाद र खिचातानीले जति देशभित्र तीब्र असन्तोष जनगुनासो बढाएको छ त्यति नै चिन्ता र गुनासा सात समुद्रपारीको देश अमेरिकामा देख्न सकिन्छ । नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वपछि चुनाव नजििकंदै छ यसमा विश्वव्यापी चासो हुनु स्वाभाविकै हो । नेपाली तरल राजनीतिका बारेमा जति अमेरिकामा बस्ने नेपालीलाई चिन्ता छ त्यति नै विदेशीहरुलाई । विकासको मूल मन्त्र भनेर जप्ने गरिएपनि संविधानसभाको निर्वाचनले सोचेअनुरुपको प्रतिफल देला नदेला समयले देखाउंछ तर विदेशीहरु भन्छन् – नेपालले सानो समयमा ठूलो फड्को मारेको छ । ुहामीकहां संविधानसभाको निर्वाचन सम्पन्न भएको २ सय बर्ष भयो तर अझै समस्या छन् । निर्वाचन प्रकि्रयामा भाग लिने सबै प्रतिद्वन्द्वी हुन् दुश्मन होइनन् । यो कुरा मुख्य गरी आठ राजनीतिक दलहरुले बुझ्नुपर्छु निर्वाचन व्यवस्थापन बिषयमा मध्य एशियामा ९ बर्ष खर्चेका अमेरिकी विश्वविद्यालयसम्बद्ध डाक्टर डेभिड मिल्कोजको नेपालबारेको यी परिपक्व भनाई सुन्दा धेरै कुरा सिकेजस्तो लाग्यो । एक महिने अमेरिका बसाईको क्रममा भोगेको एउटै कुरा हो – सबै एकै स्वरले सोधिरहेका छन् के नेपालमा अब सांच्चै दिगो शान्ति बहाली हुन्छ त । ुहामी दिनहुंजस्तो इन्टरनेटबाट नेपालको राजनीतिक गतिविधि हेरिरहेका हुन्छौंु – अमेरिकाबाट निस्कने online समाचारपत्र nepalipost.com का प्रधान सम्पादक गिरीश पोखरेल भन्छन् ुनेपालबारेको क्षण क्षणको सूचना पाउन हामी लालायित छौंु । अमेरिकाका विभिन्न ठाउंमा बस्ने नेपालीहरुको बेलाबेलाको औपचारिक र अनौपचारिक जमघटमा नेपालको अहिलेको संक्रमणकालिन अवस्थाबारे चर्चा नभएको दिनै हुंदैन । साथीभाइसंगको भेटघाटमा उनीहरु आ आफ्नै विदेशी भूमिमा बस्दाको दुखसुख साटासाट गर्छन् । आफ्ना विगत इष्टमित्रहरुको सम्झना र अधिकांश समय नेपालकै राजनीति अस्तव्यस्तताको कुराकानी । नेपालबाट म लगायत अन्य ११ जना पत्रकारको टोली भ्रमणका क्रममा अमेरिका पुग्दा हामीले प्रसस्तै स्वागत सत्कार पायौं र कैयौं जिज्ञासा र प्रश्नहरु पनि । कोही न कोही हामीलाई खाना खानका लागि निम्ता पठाउंथे र हामी बढो कष्टका साथ चांजोपाजो मिलाउंथ्यौं । उसै त विशाल देश हाम्रो टिम पनि ठूलो थियो । कहां जाने कहां नजाने फेरि जान पनि आफैं नसक्ने । एक हिसाबले परजीवि नै बनेका थियौं भन्नुपर्छ । जहां पुग्दापनि बैभवशाली जीवनपद्धति सयौं बर्षका लागि पर्याप्त विकासका नमूनाहरु र मानिसका परिपक्व विचार सुन्दा लाग्थ्यो यसका लागि अझै हामीले २ सय बर्ष कुर्नुपर्नेछ । किनकी उनीहरुसंग संविधानसभा निर्वाचनपछि २ सय बर्ष संस्थागत विकासको इतिहास छ । विशाल देश अमेरिका तर चोकचोकमा कुनै न कुनै तरिकाबाट नेपालीहरुसंगको भेटघाट । भ्रमणको सबैभन्दा रमाइलो पाटो यो पनि रह्यो । भेट्नेजतिलाई हामी सोधिहाल्थ्यौं नेपाल कहिले फर्कने भनेर । प्रायजसो नेपालीहरु राम्रैसंग बसेका छन् जस्तो हामीलाई लाग्यो । म र अर्का भ्रमण टोलीका साथी यशोदा ति_िम्सना र युवराज आचार्यसंग सहमति जनाउंदै झण्डै १ दशकअघि अमेरिका पुगेका नेपाल टेलिभिजनका पुराना पत्रकार प्रताप अधिकारीले भने – ुयहां नेपालीहरु धेरै सम्पन्न पनि छैनन् र कोही खान नपाएर मरेका पनि छैनन् ।ु यी भनाइ सुन्दा मनमा चसक्क बिझ्थ्यो अमेरिकामा पैसा र सुख मात्र होइन भोक र रोग पनि छन् । कहिलेकािहं सडकतिर िहंड्दा अमेरिकी माग्नेलाई हामीले २५ सेन्टदेखि १ डलरसम्म दिएका थियौं । हाम्रै टोलीका अर्का सदस्य अम्बर मैनालीले न्यूयोर्कको सडकमा चटक देखाउनेलाई खुशी भएर १ डलर दिएपछि हामीतिर फर्किएर भन्नुभयो – ओहो मैले त आज ७० रुपैयां दानमा दिएं त्यसपछि हामी मज्जाले हांस्यौं । टोलीका अन्य सदस्यहरु धर्मेन्द्र झा मन्टेश्वरी राजभण्डारी पुष्पहरि क्याम्पा राई जगदीश शर्मा किशोर कार्की र कमला विश्वकर्मा अमेरिकामा नेपालीहरुको बसाई जीवन शैली र उनीहरुको नेपालको अस्तव्यस्त अवश्थाप्रतिको गुनासो र पछिल्लो राजनीति मोहका बारेमा कुरा गरेरै अधिकांश समय खर्च गर्थे । टोली नेता हस्त गुरुङ्ग र अर्का साथी प्रकाश चन्द्र परियार सोनीको भिडियो क्यामेरा बोकेर स्टोरी खोज्न िहंडिरहेका हुन्थे । उनीहरुको क्यामेरामा अमेरिकाका गगनचुम्बी महल सम्पन्न जीवनदेखि कष्टका साथ जीवन गुजारा गरिरहेकाहरुको कथा पनि समेटिएको छ । नेपालमा धनी र गरिबबीचको खाडलको कुरा हामी गरिरहेका हुन्छौं । तर त्यो खाडल अनपत्यारिलो तरिकाले अमेरिकामा पनि भएको अनुभव मैले गरेकी छु । गोरा र कालाबीच सानोतिनो कुरामा भेदभाव महिला र पुरुषबीचको असमानताजस्ता प्रसंगमा स्वरुप फरक होलान् तर समस्या चािहं उस्तै छ । अमेरिकामा समान अधिकार र अस्तित्वका लागि महिलावादी आन्दोलन शुरु भएको ५०�६० बर्ष भयो जुन इतिहास हाम्रो देशको प्रजातान्त्रिक इतिहासभन्दा लामो छ । तर अझै महिलाहरु घरभित्र र बाहिरको कामको बीचमा तालमेल मिलाउंदैमा दिन बिताउंछन् । राजनीतिक पहुंचको कुरा गर्दा महिला सहभागिता र नेतृत्व औंालामा गन्न सकिने मात्रै छ । चांडै नै राष्ट्रपतिय निर्वाचनमा पहिलो पल्ट इतिहास बनाउने सुरमा हिलारी रोधाम क्लिन्टन उठ्दैछिन र अमेरिकीहरु यसलाई विभिन्न अड्कलबाजीका साथ प्रतिक्षा गरिरहेका छन् । यी दृष्यहरु देख्दा छोटो अवधिमा नेपाली महिला आन्दोलनले मारेको फड्को चािहं उत्कृष्ट लाग्छ । यहांनेर केही कुरा अमेरिकाले हामीबाट पनि सिक्नुपर्ने पो हो कि अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु यी नै समानता र असमानताका कुराहरुलाई गहिरिएर अध्ययन गर्छन् । कहिलेकाहीं भिन्न भूमिमा अमिल्दा कुराहरुबीच बस्नुपर्दा अगतिगचबि कजयअप को सामना गर्ने गरेको उनीहरु सुनाउंछन् । समस्या सबैको आ आफ्नै छ तर बढी ध्यान विद्यार्थीहरुको पनि नेपाली राजनीतितिरै छ । ओहायो राज्यको क्लिभल्याण्डस्थित एउटा विश्वविद्यालयमा भेटिएकी नेपाली छात्रा सम्झना थपलियाले शान्ति स्थापना भए चांडै नेपाल फर्केर स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्ने आफ्नो अनुभव सुनाइहालिन । यसले फेरि हामीलाई केही समयदेखि अलमलिएको नेपाली राजनीतिको सम्झना गरायो । यसैको सफलतामा नेपालमा बस्ने नेपाली र विदेशी भूमिमा बस्ने धेरै नेपालीको भविष्य जोडिएको छ । अन्त्यमा मलाई फेरि नेपालकै शुभचिन्तकमध्यको एक टोबी मुरकै भनाई सम्झन मन लाग्यो ुसबै चुनाव सम्झौता हुन् । हामीले २ वटा अतिवादीहरुको बीचमा सम्झौता गरी बाटो पत्ता लगाउनु नै निर्वाचनको सही अर्थ हो ।ु सांच्चै हामी चुनावरुपी यो सम्झौतामा खरो उत्रन सक्नेछौं त (रिजाल काठमाडौंस्थित सगरमाथा रेडियोकी पत्रकार हुन्)