नेपालीले अमेरिका छिचोल्दा नवराज रोस्यारा (श्रोत: कान्तिपुर, २२ बैशाख २०६४)

|
विश्वको सबैभन्दा शक्तिशाली, विकसित र धनी राष्ट्र भएको छाप पार्न अमेरिकी सरकारलाई सफलता मिलिरहेको छ । त्यसैले गरिब मुलुकका नागरिकले अमेरिका पुग्ने सपना देख्नु अस्वाभाविक होइन । फरक यत्ति हो, कसैले त्यहा� पुगेर धनसम्पत्ति थुपार्ने सपना देख्छ भने कसैले त्यहा� पुगेर यथार्थ बुझ्ने । प्राध्यापक अभि सुवेेदीलाई समेत भिसा दिन अस्वीकार गरिएपछि अमेरिका पुगेर वास्तविकता बुझ्ने मेरो योजना झन् बलियो भएको थियो । त्यही सपना पूरा गर्न अमेरिकाको ६ हप्ते पर्यटक बन्ने योजनासाथ नेपाली कलाकारहरूले भरिएको बाल्टिमोरमा उत्रिएको थिए� म । आफ्नो देशको नवआगन्तुकलाई हरेक नेपालीले सहयोगी भावना दर्शाउ�दारहेछन् अमेरिकामा । ‘काम भेट्टाइसक्नुभयो – नभए उता डाउन टाउनमै मेरो काम गर्ने ठाउ�, एकजना इन्डियनको सववे -फास्टफुड रेस्टुरा�) छ । भिजिट भिसामै आएको भए पनि त्यहा� काममा लगाइदिन सक्छु म तपाईंलाई ।’ अमेरिका बस्ने प्रायः नेपालीले सहयोगी भावना यस्तै किसिमले व्यक्त गर्थे । तर म भने उहा�हरूलाई हृदयदेखि धन्यवाद दि�दै आफू पर्यटक भएको जानकारी दिन्थे� । मेरो पर्यटकीय योजना थाहा पाउ�दा उहा�हरूको सहयोगी भावना कताकता आर्श्चर्य र खिसीमा परिणत हुनपुग्थ्यो । खिसी गर्दै हा�स्नेहरूको लाममा नेपालीमात्र थिएनन्, भेटेजतिका प्रायः सबै विदेशी मित्रहरू थिए । गरिब मुलुकमा जन्मिएको हुनाले पनि होला, धनी बनेर आरामदायी जीवन बिताउने हामी सबैको एउटै उद्देश्य बन्न पुगेको छ । त्यसैले विदेशमा गएर भए पनि रातदिन पसिना बगाएर पैसा कमाउने चस्मा लगाएका नेपाली दाजुभाइले र्व्यर्थको भ्रमण गरेर पैसा रित्याउने मानिसप्रति आर्श्चर्य जनाउनु अनौठो भएन । हामी सोच्छौं, पर्यटन धनीहरूको बपौती हो । नेपाल घुम्न आउने सबै विदेशी बेपत्तै धनी हुन्छन् । तर यथार्थ ठ्याक्कै विपरीत पो हु�दोरहेछ । उच्च र मध्यमवर्गीय नेपाली परिवारको सम्पत्ति नेपाल घुम्न आउने अधिकांश पर्यटकको भन्दा प्रायः बढी नै हुन्छ । तर पनि पर्यटन तिनीहरूको जीवनको अभिन्न अंग बनेको छ । कारण यसले मानिसलाई जीवनका विभिन्न पक्ष बुझ्ने र विश्लेषण गर्ने अवसर प्रदान गर्छ । त्यति धेरै पैसाको आवश्यकता पनि पर्दैन, भमण गर्ने देश वा ठाउ�को पर्ूवअध्ययन गरेर आफूले भ्याउनसक्ने योजना बनाउने हो भने । तर आर्थिक हैसियतले नभ्याउने यात्रा तय गर्दा भने त्यो हास्यास्पदमात्र होइन, एक तीतो अनुभव नै बन्नजाने सम्भावना रहन्छ । मैले भेटेजतिका अमेरिकीहरूले मेरो यात्राको खिसी गर्नु पछाडिको कारण यही थियो । एउटै देशमा चारवटा समय -गर्मी मौसममा तीनवटा) भएको विशाल अमेरिकाको पर्ूवमा वाल्टिमोर, वासिङटन डीसी, न्युयोर्क र बोस्टोनदेखि विश्वकै धनी व्यक्तिले क्यासिनो खेल्दै छुट्टी मनाउने ठाउ� लस भेगास, पश्चिम लस एन्जलस र सनप|mान्सिस्कोसम्म, दक्षिणमा हुरिक्यान क्याटरिनाले प्रभावित क्षेत्र न्युआयरल्यान्ड, ह्युस्टन हु�दै उत्तरमा गगनचुम्बी भवनका कारण ख्याति कमाएको सिकागो, क्लेभेल्यान्डदेखि अमेरिका र क्यानाडाको सीमा क्षेत्रमा पर्ने अति नै सुन्दर नगराफल्ससम्मकोे भ्रमण गर्ने योजना थियो मेरो । अति नै मह�गो अमेरिकामा ‘क्रसकन्ट्री राउन्ड टि्रप’ गरिरहेको कुरा मैले फर्ुर्तिलो र शानपर्ूवक सुनाइरह�दा अमेरिकीहरू अति नै उत्सुक र आर्श्चर्यपर्ूवक कान थापिरहेका हुन्थे । ‘अमेरिका आएर यत्रो भ्रमण गर्ने पैसा कहा�बाट कमाइ हुन्छ, नेपालजस्तो गरिब देशकोे मान्छे, त्यसमा पनि एउटा विद्यार्थीस�ग -‘ यो प्रश्न उनीहरूको दिमागमा टक्क गएर अड्किन्थ्यो र उनीहरूलाई निधार खुम्च्याएर एकछिन सोच्न बाध्य पारिदिन्थ्यो । प्रश्नको उत्तर खोज्दै एकछिन गम खाएर उनीहरू नै भन्थे, ‘त्रि्रो बुबा पक्कै पनि निकै धनी हुनर्ुपर्छ । तर सजिलै धनी बन्ने अवस्था त छैन नेपालजस्तो गरिब देशमा । यसैले राजनीतिज्ञ नै होलान् उनी । अझ स्पष्ट भन्दा बूढाले जगिरमा वा राजनीतिमा मजाले लुटेछन् ।’ मैले प्रत्युत्तर गर्न नपाउ�दै फेरि उनीहरू थपिहाल्थे, ‘नेपालको मात्रै के कुरा – हरेक देशका नेता भ्रष्टाचारी छन् । कुरा कम र बढीको मात्रै हो । कहीं माथिल्ल्ाो तहमा मात्रै भ्रष्टाचार छ भने कहीं तलदेखि माथिसम्म ।’ देश र जनताका लागि धेरै कुरा त्याग गर्दै जनताको सेवामा लागेका विश्वका सबै राजनेतालाई भ्रष्टाचारको एउटै टोकरीमा यसरी नै हाल्थे कतिपय अमेरिकीहरू पनि । भ्रष्टाचारको विषयले प्रवेश पाइसकेपछि मैले आफ्नो यथार्थ बताउनभन्दा पनि उनीहरू भ्रष्टाचारकै विषयमा थप बहस चलाउन बढी महत्त्वपर्ूण्ा ठान्थे । ‘न्युयोर्कवासी अमेरिकी सबैभन्दा खुला हृदयका, स्पष्ट र तथ्यमूलक विचार राख्नसक्ने हुन्छन् ।’ यस्तै लेखिएको थियो अमेरिकाको मेरो ट्रयाभल गाइड -किताब) मा । एकजना संगीतकार अनि डी प|mान्कोले त अझ यस्तो पनि भनेका रहेछन्, ‘म न्युयोर्क फर्किन निकै आतुर छु । त्यहा�का गल्ली हि�ड्दै गर्दा मानिसहरूले मेरो बारेमा जस्तो स्ाोच्छन्, त्यो कुरा मलाई सुनाउन उनीहरू कहीं कतै पनि हिच्किचाउ�दैनन् ।’ न्युयोर्कवासी विचारका धनी हुन्छन् भन्ने थाहा पाएपछि मैले पनि न्युयोर्क बसाइको क्रममा भ्रष्टाचार, राजनीति लगायत जीवनका अनेक पक्षबारे न्युयोर्कवासीको विचार बुझ्ने प्रयास गरे� । नेता र भ्रष्टाचारका विषयमा उनीहरूस�ग चलेको छलफलको निष्कर्षयस्तो रह्यो- ‘जुन देशका जनता पर्ूण्ा सचेत छन्, नियम कानुन र रीतिथिति बसाल्न आफू अग्रसर छन्, नेताहरूलाई उनका गुण र दोषका आधारमा प्रजातान्त्रिक परिपाटीभित्र रहेर कारबाही र पुरस्कृत गर्न सक्षम छन्, ती देशमा भ्रष्टाचार एकदमै न्यून छ । विकास पनि द्रुतगतिमा भएको छ त्यहा� । तर नेपाल लगायत थुप्रै विकासोन्मुख देशमा जनता स्वयम् जागरुक हुनेक्रममा छन् । जनसरोकारका क्षेत्रमा जनताको सिर्जनात्मक हस्तक्षेप हुनसकेको छैन । त्यसैले पनि नेताले मनपरी गर्न पाइरहेका छन् त्यहा� ।’ छलफलको दोस्रो विषय थियो, नेताहरूको सत्ता र पदलोलुपता । विकसित देशमा नियम, कानुन र जनताबाट कारबाही हुने डर नेतामा जहिले पनि रहिराख्छ । सत्ता वा पद प्राप्त भएर पनि जनताको तत्कालीन माग र चाहनाअनुसार काम गर्न नसके जनताकै डरले त्यहा�बाट ब्ााहिरिन बाध्य हुन्छन् उनीहरू । विकसित देशमा त्यसैले राजनीतिलाई एउटा वैकल्पिक पेसाका रूपमा मात्र लिने गरिन्छ । तर गरिब मुलुकमा जनहस्तक्षेप त्यति बलियो छैन । जनता सामाजिक, आर्थिक र राजनीतिक हिसाबले छिन्नभिन्न छन् । नेताहरूले त्यही मौकाको फाइदा उठाएर राजनीतिलाई आफ्नो निर्विकल्प पेसा बनाउ�छन् । कतिपयले त राजनीतिलाई पारिवारिक विर्ता बनाउ�छन् । उनीहरू जब आफ्ना अगाडि राजनीतिबाहेक अन्य कुनै विकल्प देखि�दैनन्, त्यसपछि सामदामदण्डभेद नीति अपनाएर सत्ता र पद ओगटिराख्छन् ।र् जर्मनी र हल्यान्डबाट आयात गरिएका बियरको चुस्कीस�गै रमाइलो गर्ने उद्देश्यले न्युयोर्कको एउटा सानो बारमा भेला भएका हामी छ-सात अपरिचितबीच यसरी नै मिठास र शान्तिपर्ूण्ा वातावरणमा मध्यरातिसम्म कुरा चलिरह्यो । अमेरिकीहरूले राजनीतिलाई वैकल्पिक र अल्पकालीन पेसाको रूपमा मात्र लिने गरेको दाबी उनीहरूको थियो । यसलाई तर्क र प्रमाणका आधारमा पुष्टि गर्न एकजनाले हाल सत्ताको राजनीतिबाट अलग्गिइ�दै आफ्नो च्यारिटी खोलेर बसेका भूतपर्ूव अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको उदाहरण दिए । अर्का एकजना छलफलकर्ताले गएको राष्ट्रपतीय निर्वाचनमा अमेरिकी राष्ट्रपति जर्ज बुसस�ग चुनाव हारेका जोन केरीको आउ�दो राष्ट्रपतीय चुनावमा नउठ्ने घोषणालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै राजनीतिलाई कसैले पनि दुहुनो गाई बनाउन नहुने धारणा राखे । उनीहरूको कुरा सुन्दा लाग्थ्यो, राष्ट्रिय स्तरका अमेरिकी नेताहरूमात्र होइन, स्थानीय तहमा पनि त्यस्तैखाले परम्परा बसेको रहेछ । एक वा दर्ुइ कार्यकालपछि आफ्नो पदलाई नया� पुस्तामा हस्तान्तरण गर्दै आफू सहयोगीको भूमिका निर्वाह गर्दारहेछन् अमेरिकी नेताहरू । राजनीतिलाई शर्ीष्ाक बनाई बियर गफमा मस्त रहेका हामीहरूछेउ त्यही बारभित्र एक्लै बसेर बियर पिइरहेका थिए, एक अधबैंसे अमेरिकी । उनले पनि हाम्रो छलफल चाख लिएर सुनिरहेको प्रस्टै हुन्थ्यो । तर छलफलमा प्रत्यक्ष भाग लिनका लागि आफ्नो मौनता तोड्न आवश्यक ठानेका थिएनन् उनले । र् वर्तमान राष्ट्रपत्रि्रति बहुसंख्यक अमेरिकीहरू निकै असन्तुष्ट र खिन्न छन् । राजनीति भन्नेबित्तिकै बुसका क्रियाकलाप सम्झेर जा�गर नै हराएर आउ�छसम्म भन्दारहेछन् कतिपय । अधबैंसे अमेरिकीको मौनता पनि सायद त्यसैको प्रतीक थियो । राजनीतिक छलफल चल्नुअघि बारभित्रको मधूरो प्रकाशले राम्रोस�ग अनुहार नचिनिए पनि एकअर्कालाई हलो भनेका थियौं हामीहरूले । तर उनले अह� टाउकोसम्म हल्लाएका थिएनन् । राजनीतिक परम्पराबारे कुरा चलिरह�दा भने उनले आफ्नै जिज्ञासु स्वभावस�ग हार खानुपरेछ । अकस्मात मौनता भंग भयो र उनको प्रश्न पनि मतिरै सोझियो- ‘त्रि्रो देशका नेताहरूमा चाहि� कस्तो परम्परा बसेको छ नि -‘ अमेरिकी राजनीतिका राम्रा परम्पराको बखान सुनेर उत्साहित र उमंगित मेरो मनमा उनको प्रश्नले अचानक बिजुलीझैं झट्का लाग्न पुग्यो । विदेशीहरूलाई आफ्नो प्यारो देश नेपालको बारेमा राम्रै बताउने उद्देश्यले हाम्रो राजनीतिका अनुकरणीय मूल्य-मान्यता हतारि�दै खोजी र् गर्न थाल्छु । कांग्रेसमा कुनै विषेश अनुकरणीय कुरा पाउन सकिन मैले । अनि नजर घुमाएर कम्युनिष्टहरूतिर हेरे� । पार्टर्ीीmुटेर किन नजाओस्, नेताहरूबीच गुटबन्दी चलेर पार्टर्ीीछन्नभिन्न किन नहोस्, अनि त्यै गुटबन्दीका कारण तलका इमानदार कार्यकर्ताहरू अन्यायमा किन नपरुन्, केही छैन । आफू भने एक गुटको का�धमा चढेर भए पनि निरन्तर पार्टर्ीी्रमुख भइराखे पुग्यो । यही हो नेपालका कम्युनिष्टहरूले बसालेको परम्परा । नेता भनेर चिनिएकाहरूको जमातमा कांग्रेस-कम्युनिष्ट जताततै कुसंस्कार, व्यक्तिवाद र आत्मसुरक्षावादी चिन्तन बोकेकाहरूको भीड छ । अब कसलाई हेरेर के बताउने – म अक्क न बक्क भए� । अनुहार एकाएक मलिनो हुनपुग्यो । तर निराशालाई म अत्यन्तै घृणा गर्छु । यसैले केही न केही त सकारात्मक कुरा होलानी भनेर फेरि गम्न थाले� । गमेको छिनभरमै अनुहारमा रौनक छायो । गोरा अमेरिकीहरूलाई फर्ुर्तीसाथ भन्दिए�, नेताहरू नालायक र अक्षम भए पनि नेपाली जनताले आफ्नो भविष्यको रेखा आफैं कोर्न आवश्यक पर्दा अर्को ठूलो जनआन्दोलन छेड्ने पराम्परा बसालेका छन् ।’ (लेखक, केम्निज युनिभर्सिटी अफ टेक्नोलजी जर्मनी अध्ययनरत छन् ।) Posted on: 2007-05-05 00:38:49