दोहोरो नागरिकताको विरोध गर्नुपर्ने कुनै आधार छैन: रामप्रताप थापा (नेपाल समाचारसंगको कुराकानी)

|
रामप्रताप थापा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष हुन् । अहिले एनआरएनको तेस्रो अन्तराष्ट्रिय सम्मेलनको तयारी जोडतोडले शुरु भइसकेको छ साथै अब नेतृत्व कसले लिने भन्ने होडवाजी र अनुमान समेत शुरु भइसकेको छ । जनआन्दोलन २ को सफलतासंगै नेपाल राजनीतिक रुपमा कोल्टेफेर्ने प्रयासमा रहेका छन् भने यो संगैं ग्रैर अवासिय नेपालीहरु पनि आफ्नो मुद्धाहरु अब सुल्टने हो कि भन्ने आशामा रहेका छन् । ग्रैर आवासिय नेपाली ऐन, दोहोरो नागरिकता, सहज लगानीको वातावरण लगायतका मुद्धाहरु अझै थाति रहेको बेलामा अब भने कतै ति मुद्धा सुल्टीने होकि भन्ने आशामा रहेको पुर्वसुन्ध्यामा श्री थापासंग हामीले यही विषयमा केन्द्रित भएर कुराकानी गरेको छौं । प्रस्तुत छ नेपालसमाचार डटकमका लागी चिरन शर्माले गरेको कुराकानीको मुख्य अशं । गैर आवासीय नेपाली संघको तेस्रो अन्तराष्ट्रिय सम्मेलन त आयो नी हैन ? हो तेस्रो सम्मेलन १५ देखी १७ अक्टोवर काठमाडौंमा हुँदैछ । यो सञ्चालन गर्न र सफलताका साथ सम्पन्नर् न हामी उत्सुक छौं । विगतका सम्मेलनले लिएका उद्धेश्यहरु पूरा भएको हामी देख्न चाहन्छौं । एनआरएनलाइृ निरन्ता दिने बाटो पनि यही हो । हिजोका दिनमा गर्छु भनेर पनि गर्न नसकेको धेरै मुद्धाहरुको यही सम्मलेनमा छलफल र मुल्यांकन हुनेछ । सम्मेलन नजिकिंदै गर्दा राजनीतिक पनि शुरु भइसक्यो देखिन्छ नी ? मलाई त त्यस्तो केही लागेको छैन । प्रत्येक २-२ वर्षा अन्तराष्ट्रिय परिषद्को चुनाव हुने प्रचार भएकाले तपाइलाई यस्तो लागेको होला । तर, त्यस्तो खासै केही छैन । हामी कसरी यो सम्मेलनलाई उपलब्धीमुलक बनाउने भन्नेमा नै लागेका छौं । त्यस्तो राजनीतिक केही भएको छ जस्तो त लाग्दैन । आगामि सम्मेलनवाट कस्तो नेतृत्वको आशा गर्नुभएको छ ? एनआरएनको जन्म जुन उद्धेश्यका साथ भएको हो यो अहिलेसम्म त्यही बाटोमा निरन्तर अगाडि बढिरहेको छ र । अभियानलाई हालसम्म सही गोरेटोमा लैजाने संरचना तयार भइसकेको पनि छ । त्यसलाई सुदृढ बनाउँदै अगाडि लैजानु अनी थाँति रहेका विषयहरुलायृ टुंगोमा पुर्याउनु आगामि नेतृत्वको चुनौति हुनेछ । अध्यक्ष डा. उपेन्द्र महतोले नेतृत्व छोड्ने कुरा भइरहेको छ नी ? मेरो ब्यक्तिगत विचार जान्न चाहेको हो भने डा.महतोको नेतृत्व अझै पुरा भएको छैन । अझै उहाँको आवश्यकता छ संगठनका लागि । त्यसैले अहिले नै अरुलाई नेतृत्व सुम्पने बेला आइसकेको छैन । उहाँले २ वर्षो कार्यकालमा जुन अनुभव पाउनुभएको छ त्यो संगठनका लागि अझै काम लाग्छ । त्यसैले सकेसम्म एनआरएनले एक निश्चित बाटो नसमातेसम्म नेतृत्व परिर्वतनको प्रयास नगरेकै राम्रो । यसपालि त तपाई आफैं अध्यक्षको दौडमा हुनुहुन्छ भन्ने चर्चा छ त ? अनुमान गर्ने स्वतन्त्रता सबैमा हुन्छ । म अहिले उप-सभापति भएकाले पनि डा. महतोले छोड्ने हो भने अब म उठ्छु भन्ने सोचेको हुनसक्छ । तर,मैले अहिलेसम्म यस विषयमा केही सोचेको छैन । मेरो मान्यता भनेको एक कार्यकाल अझै डा. महतो नै आउनुपर्छ भन्ने हो । यदी उहाँले औपचारिक रुपमा नै नउठ्ने घोषणा गर्नुभयो भने मात्र यस विषयमा विचार गर्न सकिन्छ । अहिलेसम्म ममाथि विश्वास गरेर जे-जस्ता जिम्मेवारी दिइएको छ मलाइ लाग्छ इमान्दारीताका साथ मैले त्यो पुरा गरेको छु । मलाई दिइएको जिम्मेवारी बहन गर्न अझैसम्म म पछाडि परेको छु जस्तो मलाइ लाग्दैन । त्यसैले डा. महतले औपचारिक रुपमा केही नभइ म अहिलेनै यसै हो भन्ने पक्षमा भने छैन । यदी तपाई अध्यक्षको उम्मेदार बन्ने हो भने तपाईका ऐजेण्डाहरु के के हुनसक्छ ? यो त अति काल्पनिक प्रश्न भएन र भन्या ? पहिलो कुरा त म अध्यक्षको उम्मेदवारीका लागि अहिले मानसिक रुपमा नै तयार छैन भने कसरी म अध्यक्ष भए यस्तो यस्तो गर्छुभनेर भन्न सक्छु र हैन ? तर मुख्य कुरा के हो भने म मात्र हैन अरु जोसुकै ब्यक्ति नेतृत्वमा आएपनि उठाउने मुद्धा भनेको साझा नै हुन् । दोहोरो नागरिकता वा परिचय पत्र, मताधिकारको हक, लगानीको वातावरण, एनआरएन ऐन, यस्तै त हुन् नी । यि मुद्धा समाधान नभएसम्म सबैको पहिलो ऐजेण्डा यिनै बन्छन् जस्तो लाग्छ । एनआरएनको स्थापनाकालदेखी अहिलेसम्मको नेतृत्व हेर्दा ब्यापारीहरुको बाहुल्यता रहेको देखिन्छ । अब तेस्रो सम्मेलनमा पनि यही दोहोरीने हो कि ? व्यापारिहरुको बाहुल्यता रहेको छ भन्ने केही ब्यक्तिलाई लागेको होला । तर वास्तविकता यस्तो हैन । एनआरएनक संगठित भएको त्यत्ति लामो इतिहास बनिसकेको पनि छैन । यसको पहिलो उद्धेश्य भनेको सबैलाई समेटेर अगाडि बढ्ने हो र सबैले यसैलाई प्रमुख प्राथमिकता दिएको छन् जस्तो मलाइ लाग्छ । यसको प्रारम्भ भइसकेको छ । विश्वका विभिन्न देशमा छरिएका नेपाली एनआरएनको छातामुनि आउनेक्रम बढेको छ । त्यसैले नेतृत्वमा यसको पहुँच उसको पहुँच भनेर विष्लेशण गरिहाल्नु अलि हतार हुनसक्छ । तेस्रो सम्मेलनको मुल मुद्धाहरु के के बन्न सक्छन् ? हामीले छोटो समयमा जुन सफलता पाएका छौं त्यसमा गर्व गर्न सकिने स्थानहरु रहेका छन् । सबैभन्दा ठुलो उपलब्धी त विश्वभरी रहेका नेपालीहरुको साझा मञ्चको निर्माण नै हो । मैले माथि नै भनिसके कि एनआरएनको गठनसंगै विश्वका विभिन्न भु-भागमा छरिएर रहेका नेपाली अहिले एकै छातामुनि अटाएका छन् । यस अभियानले स्वदेशमा रहेका नेपालीको ध्यान विदेशमा रहेका आफ्ना दाजुभाइप्रति तानिएको छ । नेपाली र ग्रैर आवासिय नेपालीविचको हिजोको दुरी अहिले निक्कै कम बन्दै गएको छ । पहिलो मुद्धा त यि नै हुन् । अब अन्यमा त त्यही पुरानै कुरा त हुन् । दोहोरो नागरिकता, स्वतन्त्र लगानीको वातावरण, तत्काल ऐनलाई कानुनी मान्यता दिलाउने कुरा, संविधान सभामा हाम्रो सहभागिता । एनआरएन जुन उद्धेश्यले स्थापना भएको हो त्यो सफलता प्राप्त भएको छ ? सबै उद्धेश्य तुरुन्त पाइहाल्ने खालका पनि त छैनन् नी । सायद देशमा शान्तिको वातावरण भइदिएको भए केही सफलताहरु चाँडै पाउन पनि सकिन्थ्यो होला । तर, देश नै अन्यौलमा परेको बेलामा हाम्रा केही मागहरु छाँयामा पर्नु स्वभाविक पनि हो । अहिले संगठन स्थापनाकालको उद्धेश्य प्राप्तितिरै लम्किरहेको छ । उद्धेश्य भन्ने कुरा हेर्ने दृष्टिकोण र प्राथमिकिकरण नै हो । हाम्रो लागि जे कुरा प्राथमिकताको अगाडि हुन्छ अरुको लागि त्यही महत्वपुर्ण नहुनपनि पनि सक्छ । तर, अहिलेसम्म जे-जति सफलताहरु पाइएको छ त्यो गर्व गर्न लायक नै छ । एनआरएन संस्थागत रुपमा अगाडि बढ्न सकेको छैन भन्ने आरोप लाग्ने गरेको छ नी ? यो एक अभियानको रुपमा शुरु भएको हो । त्यसैले यो अभियान अहिले नै रोकिएको छैन र रोकिनेवाला पनि छैन । सबैलाई तत्काल संस्थागत रुपमा त्रि्र रुपमा अगाडि बढेको भए हुन्थ्यो भन्ने लाग्नसक्छ । मलाइ पनि लाग्छ । हाम्रा जे जस्ता उपलब्धीहरु हुन् त्यो तत्काल प्राप्त भएको भए संस्थागत रुपमा अगाडि बढेको देखिन्थ्यो । तर,अहिलेसम्म जे जस्ता उपलब्धि हात परेको छन् त्यो हर्ेर्ने हो भने संस्थागत नै भएन भन्ने आधार भने छैन । तर, अब कसैले बढि अपेक्षा गरेको हुनसक्छ जो अहिले देखिन सकेको छैन । यत्तिमै हामी शन्तुष्ट भने छैनौ । संस्थागत रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सुझाव पेश गर्नका लागि एउटा टास्क फोर्सको गठन गर्ने प्रकृया शुरु भएको छ । यसलाई पुर्ण आकार दिन अक्टोवरसम्ममा सफल भइन्छ भन्ने लागेको छ । काम भन्दा प्रचार बढि भएको हैन ? ठ्याक्कै यस्तै हो भनेर त कसरी भन्न सकिन्छ र । यसले पनि हाम्रा मुद्धाहरु उजागर त गरेको छ नी हैन र । तैपनि अहिले हामी एनआरएनको अहिलेको जुन संरचना छ त्यो परिर्वतन गर्नुपर्छ कि भन्ने सोचमा पुगेका छौं । यो एनआरएन डायस्पोराका लागि नयाँ विषय हो र हामी सबै विस्तारै सहि बाटो लिन सक्छौं । यसमा धर्ैयताको आवश्यकता छ नै । संविधान सभा निर्वाचनमा ग्रैर आवासिय नेपालीको मताधिकारको विषयमा संस्थागत आवाज कमजोर बनेको त हो नी ? माग पुरा नभएपछि यसका कारणहरु खोजीनिति हुनु स्वभाविक नै हो । प्रचलित संघसंस्था ऐन अनुसार हाम्रो संस्था दर्ता हुन नसक्नु र एनआरएन ऐन समयमा पारित हुन नसक्नु एनआरएन डायस्पोराका लागि दर्ुभाग्यको कुरा हो । यसकै कारण अन्य विषयमा पनि प्रतिकुल प्रभाव पर्न गएको हो । तर काम केही भएको छैन खाली प्रचार मात्र भयो भन्ने आधार त छैन नी । दोहोरो नागरिकताको मुद्धा के हुँदैछ ? हाम्रो सबैभन्दा चासोको विषय नै यही त हो । दोहोरो नागरिकता भन्दा पनि म यसलाई नेपाली परिचय पत्र भन्न रुचाउँछु । एनआरएन ऐन पारित नभएसम्म यो लागु नहुने देखिन्छ । त्यसैले अब हामीले पहिलो जोड यसैमा दिनर्ुपर्छ । कसैलाई लाग्न सक्छ यो हाम्रो फइदाको लागि मात्र उठाइएको विषय हो । तर,यो पुरा नुहँदा यसले हामीलाई भन्दा पनि नेपाललाई नै घाटा भइरहेको देखिन्छ । हाम्रो यो विषयसंग वस्तुगत भन्दा पनि भावना गाँसिएको छ । एउटा नेपाली विश्वको जुन कुनामा बसेपनि उसले नेपाल नविर्सन, विदेशमा कमाएको सानो अंश भएपनि नेपालमा लगानी गरौं यही हो हाम्रो मुल चासो । सबै राजनीतिक दलहरु सहमत हुँदाहुँदै पनि किन यो पारित हुन नसकेको होला ? नेपालीहरु नेपालीको विरोधमा जान सक्दैनन् । तर, यो किन हुन सकिरहेको छैन भन्ने मैले पनि बुझ्न सकिरहेको छैन । विरोधमा कोही देखिएका छैनन् । राजनीतिक तह, व्यापारिक तह, नागरिक समाज सबै सहमत छन् यो विषयमा । तर, कार्यान्वयन हुन सकिरहेको छैन । यो नै विचित्र छ भन्या ।र् कर्मचारी वर्ग दोहोरो नागरिकताको विरुद्धमा भएर यो पास हुन नसकेको भन्ने सुनिन्छ नि? यसको विरोध गर्नुपर्ने कुनै आधार मैले देखेको छैन । दिर्घकालीन सम्बन्धको विचार गर्ने हो भने तत्काल यो लागु नगरी हुँदैन । पहिलो पुस्तामा त्यस्तो कुनै समस्या नदेखिएपनि यसपछाडिका पुस्तामा आफ्नो देश नै विर्सने समस्या देखिन्छ नै । त्यसैले दोस्रो, तेस्रो पुस्तालाइ पनि नेपाल भित्र्याउने हो र नेपालप्रति माया मोह र सम्मान कायम गर्ने हो भने यो लागु गनैर्ंपर्छ । यसले देशको कुनै हानी गर्दैन , पक्कै फाइदा नै पुग्छ । यदी यस्तै हो भने रोकिनुको कारण के हो त ? यसमा दुबै पक्षको कमजोरी हुनसक्छ । कि हामीले कुरा बुझाउन सकेनौ कि उनीहरुले कुरा बुझेर पनि बुझ पचाइरहेका छन् । हामीले विटि्रस गोर्खाको उदाहरण हेर्ने हो भने पनि गाउँ र शहर नै रित्तिइसकेको छ । यदी दोहोरो नागरिकताको सुविधा भएको भए करोडौको सम्पत्ति कौडिको भाउमा बेचेर कोही पनि बेलायत आउन हाम फाल्दैनथ्यो । त्यसैले यसमा जत्ति ढिला गर्यो त्यति गाउँ शहर रित्तीदै जान्छ । अहिले युरोप एनआरएनले के गरिरहेको छ ? युरोपको विभिन्न देशमा राष्ट्रिय परिषद् स्थापना भइरहेको छ । एनआरएन र यसको महत्व सबैले बुझ्न थालेका छन् । एनआरएनको माध्ययमवाट युरोपको विभिन्न देशहरुमा बस्ने नेपालीहरुलाई युरोनेपाली भन्ने भावना प्रदान गरेको छ । एनआरएन हाम्रो साझा फोरम हो भन्ने भावनाको विकास भएको छ । यसैमा नै केन्द्रित छौं अहिले हामी । युरोपमा रहेका नेपालीको समस्याहरु के हुन्? युरोपमा रहेको नेपालीहरुको समस्या अन्यको भन्दा फरक छ । यहाँको मुख्य समस्या भनेकै दोहोरो नागरिकताको अभाव नै हो । यदी यसको व्यवस्था नहुने हो भने अब हामीले हाम्रा सन्ततीलाई नेपालको नक्सा मात्र देखाएर चित्त बुझाउनुपर्ने अवस्था आउने छ । त्यसैले सबैको चासो दोहोरो नागरिकतामा केन्द्रित भएको छ । अन्य त्यस्तो समस्या केही देखिएको छैन । मध्यपुर्वको समस्या समाधानका लागि एनआरएनले के काम गरिरहेको छ त ? २ वर्षअगाडि दोहामा भएको क्षेत्रिय सम्मेलन पछि धेरै समस्याहरु प्रष्ट भएका थिए । अहिले त्यहा पिडित बनेका साथिहरुको राहदानीको सुविधा पुर्याउने, दक्षता बढाउने, तालिमको व्यवस्था गर्ने, नेपालको वर्तमान कानुनमा परिर्वतनका लागि सुझाव दिने, लगायतका कामहरु गरिरहेका । सम्पत्ति,सिप र क्षमता नेपालमा लगानी गर्न नेपाल सरकारले कस्तो व्यवस्था गर्यो भने सहज हुनसक्छ ? बैदेशिक लगानीको सिलसिलामा दिन सकिने सुविधाका साथ स्वतन्त्र वातावरणको निर्माण भएमा एनआरएनको लगानी स्वदेश भित्र्याउन सहज बन्न सक्थ्यो । यसका लागि उदार अर्थ नीतिको विकल्प नै छैन । यसमा शान्तिपुर्ण राजनीतिक अवस्था, राजनीतिक स्थीरता संगै जोडिएका पनि छन् । संविधान सभा निर्वाचनलाई एनआरएनले कसरी हेरिरहेको छ ? नयाँ नेपालको निर्माणको लागि यो महत्वपुर्ण पुर्वाधार हुनसक्छ । यसले कमसेकम राजनीतिक स्थीरता र शान्ति स्थापना हुने कुरामा सबैले विश्वास गरिरहेका छन् । तर, दुःखको कुरा हामी यत्रो महान अभियानमा प्रत्यक्ष सहभागि हुनवाट वञ्चित गराइएका छौं । आफ्नै देशको संविधान सभा निर्वाचनमा पर्येवेक्षण बन्न बाध्य बनाइएका छौं ।