उनीसंग भेट्दा दुवै हात पखेटामा परिणत भएर उडुँउडुँ लागेको थियो : डा.उपेन्द्र महतो

|
उपेन्द्र महतो एक आफैंमा एक पूर्ण परिचय बोकेको नाम हो । नेपालको सेवामा समर्पित एक नेपाली, उद्योगि अनी यस्तै यस्तै धेरै परिचय छन् उनको । हाल ग्रैर आवासिय नेपाली संघको अध्यक्षको रुपमा कार्यरत महतो नेपालको विकासका लागि नेपालबाहिर रहेका नेपालीको लगानी भित्र्याउन आवश्यक वातावरणको निर्माणमा लागेका छन् । उता, ग्रैर आवासिय नेपालीले कतै भोलिका दिनमा नेपाल नै विर्सने हुन् कि भनेर दोहोरो नागरिकता दिलाउन नेपालभित्रै संर्घषरत छन् महतो । यस्तै बेलामा हामीले यो अङ्गको अनौपचारिक कुराकानीमा उनै महतोको चयन गरेका छौं । जस्तो प्रश्न त्यस्तै उत्तर दिएर आफ्नो कुशलता देखाएका महतोसंगको अनौपचारिक कुराकानी अब आफैं पढ्नोस् हैत । नामः उपेन्द्र महतो जन्म स्थानः करजन्हा, सिरहा, नेपाल । अध्ययनः पिएचडी, डिएससी। पेशाः व्यवसाय, सामाजिक सेवा । १. तपाईको बाल्यकाल कसरी बित्यो ? गाउँको वातावरणमा भैंसी चराउँदै, खेलकुद गर्दै र पढ्दै । २. जीबनको प्राय सम्झना भइरहने क्षण के हो ? स्वर्गवासी आमाको सम्झना आइरहन्छ । अरु पनि थुप्रै घटना छन् खै के मात्र भन्ने । ३. प्रारम्भमा तपाइ के बन्न चाहनुहुन्थ्यो ? स्कुलमा पहिलो पटक जब मलाई �यो घर बनाउँदा कति ईंटा, बालुवा, सिमेन्ट लाग्छ त्यो पत्ता लाउने मान्छे ईन्जिनियर हो� भनेर चकित पारियो त्यसै दिन मैले ईन्जिनियर बन्ने अठोट गरेको थिएँ । ४. विवाह कसरी भयो ? सवै विवाह एरेञ्ज्ड नै हुन्छन् तर फरक यत्ति मात्र हो की प्रेम विवाहमा आफैं एरेञ्ज गर्नु पर्छ भने दोस्रो थरिको विवाहमा नातेदारहरुले एरेञ्ज गरिदिनु पर्छ । मेरो विवाह दोस्रो प्रकारको हो। ५. पहीलो दिन उनीसंग भेट्दा कस्तो लागेको थियो ? दुवै हात पखेटामा परिणत भएर उडुँउडुँ लागेको थियो । ६. श्रीमतिको सबै भन्दा बढी मन पर्ने बानी के हो ? जति ढिलो आए पनि नरिसाउने र मन पर्ने कुरा मात्र गर्ने । ७. मन नपर्ने बानी ? जति ढिलो आए पनि नरिसाउने (रिसाउने गरे अलि चाँडो घर फर्किन्थें की?) । ८. झगडा कत्तिको पर्छ नी ? झगडा गर्ने निहुँ खोज्छु तर भेट्टाउँदै भेट्टाउँदिन । ९. तपाइको विचारमा यौन के हो ? हावा, पानी र अन्न जस्तै जीवनलाई नभइनहुने सुन्दर चिज, जसले दुई प्रेमीलाई सवै भन्दा नजीक ल्याइदिन्छ । १०.विवाह अगाडिको यौन सम्बन्ध तपाईको दृष्टिकोणमा जायज कि नाजायज र किन ? मनले मान्यो भने जायज अन्यथा नाजायज । ११. कत्तिको मदिरा पीउनु हुन्छ ? कहिले काँहीं साथीभाइसँग रमाइलोको लागि । १२. मन पर्ने मदिरा ? रुसमा बस्ने मान्छेले भोड्का बाहेक अरु कुन मदिराको नाम लिन्छ होला र ? । १३. खाना बनाउन आउछ ? खाना बनाउन मन पर्छ तर समय पाउँदिन । दाल-भात-तरकारी मिठै बनाउँछु । मासु धेरै मिठो बनाउँछु । आलुको चोखा र चुकौनी त झनै मिठो । १४. अरुले बनाएको खाना खाँदा र आफुले बनाएको खाना खाँदा कस्तो लाग्छ ? खाना खाँदा कसले बनायो भनेर कहिलै हेर्दिन । मलाई पस्किएको जस्तोसुकै खाना मन पर्छ । १५. नेपाली फिल्म कत्तीको हर्ेर्नुहुन्छ ? कहिलेकाँहीं । तर पछिल्लो समयमा कुनै पनि फिल्म हेर्न नभ्याएको धेरै भयो । १६. मन पर्ने नायिका ? सवै सुन्दर र प्रतिभावान् नायिकाहरु मलाई मन पर्छन् । १७. गीतसंगीतमा कत्तिको रुची लाग्छ ? धेरै । म राम्रो श्रोता हुँ । १८. आफुलाइ एकदम मन परेको कुनै गीत छ कि ? �फूलको आँखामा फूलै संसार� � स्वरको माधुर्य र गीतको संदेशका कारण । १९. गीत पनि गाउनु हुन्छ कि ? अवश्य ! तर म एक्लै भएको बेला । २०. पैसा त धेरै कमाउनु भयो रे नी ? खान, लाउन, परिवार पाल्न एवं कहिलेकाहीं समाजसेवा गर्न पुगेकोछ । २१. जीवनमा पैसाको महत्व ? �पैसा नै सबैकुरा होइन तर धेरै कुरा हो� भन्ने दर्शनसँग सहमत छु । २२. कतिवटा देश घुम्नु भयो ? करीव चालिस जति । २३. मन पर्ने देश ? अद्‍भूत साँस्कृतिक र प्राकृतिक सौन्दर्य भएको मातृभूमि नेपाल । २४.पढाइमा कत्तिको रुचि छ ? निक्कै रुचि छ । तर समय अभावका कारण पछिल्लो समय पत्र-पत्रिकामा मात्रै भरपर्नु पर्ने स्थिति छ । कर्ण शाक्यको �सोच� निक्कै मन परेको पुस्तक हो । २५.राजनीतिमा कत्तिको रुचि छ ? गर्ने होइन, बुझ्ने रुचि छ । २६. मन पर्ने कुनै राजनेता छन् ? नेल्शन मण्डेला- त्याग, उदारता र �भिजन� का लागि । नेपालका त्यागी र इमान्दार नेताहरु पनि मलाई मन पर्छन् । २७. एकदिनको लागी तपाई प्रधानमन्त्री बन्नुभयो भने पहिलो काम के गर्नु हुन्छ ? नजाने गाउँको बाटै नसोध्नु । २८. तपाईको परिभाषामा जीवन के हो ? जीवन भनेको गति हो । २९. अनी मृत्यु नी ? गतिशील जीवनले थकाए पछिको आरामरुपि चीरनिन्द्रा । ३०.जीवनमा गर्न चाहेको तर अहिलेसम्म नसकेको कुनै काम छ कि ? नेपाल जति सुन्दर छ त्यति नै शान्त र समृद्ध बनाउने सपना । ३१.अन्तमा छुटेका केही छन् ? विदेशमा जब मेरो मुल्याङ्कन व्यक्तिगत क्षमताको आधारमा होइन की मेरो नेपाली पासपोर्टको आधारमा गरिन्छ त्यसबेला देश-विदेशमा छरिएर रहेका सवै नेपालीहरुले हातेमालो गरेर हाम्रो देशलाई समृद्ध नबनाए सम्म नेपाली जातिले सधैं अपमानित भइरहनु पर्नेछ भन्ने लागेर आउँछ र म नेपाल चाँडै शान्त र समृद्ध भएको सपना देख्‍न थाल्छु । स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले निस्‍वार्थभावले मुलुकलाई केन्द्रमा राखेर अठोट गरे हाम्रो त्यो सपना अवश्य पुरा हुन सक्छ । मातृभूमिप्रतिको हाम्रो प्रेम र निष्ठामा निरन्तर बृद्धि गराइरहन नेपाल युके डट कम जस्ता नेपालीभाषी अनलाइन पत्रिकाहरुले ठूलो भूमिका खेलिरहेका छन् । तपाईंहरुको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्दछु ।