प्रेस विज्ञप्ति: अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठक बारे

|
प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट ०२ मार्च २०२२ तारिखमा सम्पन्न भयो । संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा घनिभूत छलफल गरी सर्वसम्मतले निम्नानुसारका निर्णयहरु गरिएको छ । १. पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइनेछ । उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ । नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ । २. महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने । यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने छ र उच्चस्तरीय समिति स्वतः विघटन हुनेछ । ३. निर्वाचन अनुगमन गर्न एक समितिको गठन गरिनेछ । हालको संरक्षक परिषद्लाई यसै बैठक देखि लागू हुने गरी सधन्यवाद विघटन गरिएको छ । ४. पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाच र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गरिन्छ । धन्यवाद ।