Summary President Report September 2022

|
  Summary President Report September 2022 गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुसार संघको वर्तमान कार्यसमितिले आफ्नो गतिविधिहरुलाई तिब्ररुपमा अघि बढाएको छ । ‘समृद्ध नेपालको लागि नेपालीका लागि नेपाली’ भन्ने मुलमन्त्रलाई मध्यनजर गर्दै संघले स्थापना कालदेखि उठाउदै आएका मुद्दाहरुलाई निश्कर्षमा पुर्‍याउन वर्तमान कार्यसमिति कटिबद्ध छ ।  मुख्य रुपमा गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, मेघा प्रोजेक्ट, ब्लड बस, संस्थागत विकास  तथा आन्तरिक व्यवस्थापनलाई प्राथामिकताको रुपमा अघि बढाइएको छ ।   आगामी दिनमा संघले उठाएका मागहरुलाई तार्किक निष्कर्षमा पुर्‍याउन  नेपाल सरकार तथा सरोकारवालाहरुसँग व्यापक छलफल गरिनेछ । यसैबीच गत अक्टोवरको पहिलो सातादेखि संघको नेतत्व समालेपछि भएका गतिविधिहरु तथा प्रगति प्रतिवेदन यहाँहरु समक्ष पेश गरिएको छ ।     १.       गैरआवासीय नेपाली संघको विधानमा व्यवस्था भए बमोजिम संघले आफ्नो वार्षिक साधारणसभा गत अक्टोवर १० मा सम्पन्न गर्‍यो ।  सभाले संघको विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मतले अनुमोदन गरेको छ । विधानलाई परराष्ट्र मन्त्रालयमा पेश गर्नको लागि आवश्यक कामकारवाही भईरहेको छ ।   २.      हरेक वर्ष जस्तै ११ अक्टोवरका दिन संघले विविध कार्यक्रमहरुको आयोजना गरी गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । यस वर्ष पनि उक्त दिन पुजाआजा पश्चात ग्लोवल कन्क्लेभको आयोजना गरी सम्पन्न भयो । कन्क्लेभको समुदघाटन समारोह सम्ममानीय प्रधानमन्त्री श्री शेरवहादुर देउवा र समापन समारोह पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष श्री केपी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कन्क्लेभमा नेपाली नागरिकता, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, लगानी, युवा, महिला, एनसिसिहरुका गतिविधिबारे छलफल भएको थियो । उक्त छलफलबाट निस्केका निचोडहरुले भावी योजना तयार गर्न ठूलो सहयोग पुग्ने छ ।  ३.       संविधानमा भएको व्यवस्था अनुरुप गैरआवासीय नेपाली नागरिकता विधेयकबारे विभिन्न राजनीतिक दलका पूर्व सांसद तथा कानुनविद्सँग छलफल भएको थियो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने नयाँ सरकारले नागरिकताको मागलाई पूरा गर्ने प्रतिबद्धता नेपाल सरकारले जनाएको छ ।   ४.  गैरआवासीय नेपालीहरुको सिप, ज्ञान र लगानीलाई सुरक्षित गर्ने उद्देश्यले संघले सरोकारवालाहरुको संघको छलफललाई तिब्रता दिएको छ ।  संघको आयोजनामा भएको ग्लोवल कन्क्लेभमा बोल्ने बक्ताहरुले संघले गैरआवासीय नेपालीहरुको सामूहिक लगानीमा जोड दिएको छ । यस लगानीका विषय र लगानीमा देखिएका कानुनी जटिलतालाई सहजीकरणको लागि नेपाल सरकारका सम्बन्धी मन्त्रालय तथा नियकायहरुसँग भएको छलफलपछि वैदेशिक लगानीमा न्यूनतम ५ करोडको लगानीको दायरालाई हटाएर नेपाल सरकारले २ करोड रुपैयाँमा कायम गरेको छ । गैरआवासीय नेपालीहरुको लगानीलाई नेपाली सरहको लगानी गर्ने वातावरण बनाउन नेपाल सरकारसँग नियमित रुपमा छलफल जारी रहेको छ ।  ५.       वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुव्यवस्थित गर्नको लागि वैदेशिक रोजगार बोर्डसँग सहमति पत्रमा हस्ताक्षर भई आवश्यक कार्यहरु भइरहेकोछ । यसरी नै वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउनको लागि सामाजिक सुरक्षाकोषसँग सहमति पत्रमा हस्ताक्षर भई यससम्बन्धी आवश्यक कार्ययोजनाहरु अघि बढाइएको छ ।   ६.    मेघा परियजना अन्तर्गत मोबाइल ब्लड बस, शौचालय परियोजना, लगानी, बृद्धाश्रम लगायतका परियोजनामा आवश्यक कार्यहरु भईरहेका छन् । मोबाईल ब्लड बस प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्विनी प्रदेश, गण्डकी प्रदेशमा संचालनको लागि ती प्रदेशहरुमा संयोजक नियुक्ति गरी आवश्यक कामहरु अघि बढीसकेको छ । यसरी नै पोखरा महानगरपालिकाबाट महेन्द्र पुल क्षेत्रमा शौचालय निर्माणको लागि अनुरोध आएको र यसका लागि आवश्यक जग्गा महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत आएको छ । यसरी नै गाईघाटबाट पनि मोबाइल शौचालय संचालन गर्न अनुरोध आए अनुसार यसका लागी आवश्यक पहलहरु भइरहेको छ ।   ७.       संघले तय गरेको नीति तथा योजनाहरुलाई सफल पार्न संघका कार्यदलहरुको गतिविधिहरुलाई सक्रिय पारिएको छ । संघका आर्थिक पारदर्शितामा जोड दिइएको छ ।   ८.  नेपाल सरकार लगायत विभिन्न सरोकालबालाहरुसँग भेटघाट भइरहेको छ । भर्खरै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरिपालीका मेयरलगायत पोखरामा भएका अन्य संघसंस्थाहरुसँगको भेटघाटमा संघको अभियानबारे जानकारी गराइएको ।   ९.       पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगतिमा संघले भाग लिएको थियो । सो प्रतियोगितमा संघको टोलीले १० स्वर्ण ९ रजत र ७ गरी कूल २६ पदक हासिल गर्न सफल भएको छ । खेलकुदको माध्यमबाट विदेशमा रहेका दोश्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयासमा कोसेढुंगा सावित हुनेछ ।   १०.     विगत केही महिनादेखि बन्द रहेको गैरआवासीय नेपाली संघको मुखपत्र ग्लोवल एनआरएनएको प्रकाशनको सुरुवात गरिएको छ ।   ११.     नेपालमा पर्यटन प्रवर्धनको लागि नयाँ गन्तव्य स्थान खोज्ने उद्देश्यले पोखरा र गाईघाटमा पर्यटन अभियान संचालन गरिएको थियो ।  १२.   गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागको सक्रियतामा ५ हजार बिपन्न विद्यार्थीलाई छात्रबृद्धिको घोषणा गरिएको र यसका लागि आवश्यक कार्य अगाडि बढाइएको छ ।     यस बाहेक अन्य सरोकारका गतिविधिहरु संचालन भईरहेका छन् । सम्पन्न भएका गतिविधिका केही फोटोहरु संलग्न गरिएको छ । धन्यावाद ।     रविना थापा कार्यकारी अध्यक्ष गैरआवासीय नेपाली संघ ।