प्रतिनिधिहरुको विवरण पठाउने सम्बन्धी जरुरी सूचना

|

प्रतिनिधिहरुको विवरण पठाउने सम्बन्धी जरुरी सूचना

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । प्रथम चरणको नामावली संघको वेवसाइट www.nrna.org को लिंक https://nrna.org/10thgc/ मा प्रकाशित गरिएको छ । यही आउने १२ सेप्टेम्बर २०२१ नेपाली समय बेलुका ५ बजे भित्र तल अनुसारको विवरण सचिवालयमा पठाउन हुन राष्ट्रिय समन्वय परिषद र पञ्जिकृत सदस्यहरुलाई अनुरोध गरिन्छ । तलका विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भागलिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन अनुसार जानकारी गराउंदछौ । · सचिवालयले प्रकाशित गरेको सूचिमा उल्लेख भए अनुसार सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ले कागजात छैन भने प्रतिनिधि स्वयंम वा एनसिसिले contact@nrna.org मा पठाउने । · सचिवलायले प्रकाशित गरेको प्रतिनिधिको सूचिमा सेल्फी पठाउन छुटेका भनि उल्लेख भएका प्रतिनिधिहरुले स्मार्ट एनआरएनए Apps मार्फत सेल्फी लिने । · पंजिकृत सदस्यता शुल्क बुझाउन बाँकी रहेका एनसिसिहरुले १२ सेप्टेम्बर २०२१ भित्र तलको खातामा पंजिकृत सदस्यता शुल्क जम्मा गर्ने । Account No : 024010010000526 Beneficiary : NRNA Bank : Sanima Bank Limited Branch : Teku, Kathmandu Swift : SNMANPKA · प्रतिनिधि माथीको दाबाबिरोध निम्न अनुसारको विवरण खुलाएर दिन सकिने छ: – कसको लागि दाबा बिरोध गरिएको हो (नाम, राष्ट्रिय समन्वय परिषद् र सदस्यता न सहित), – के कारणले दाबा बिरोध गरिएको हो उल्लेख गर्ने । – कसले दाबा बिरोध गरेको हो (नाम, राष्ट्रिय समन्वय परिषद् सदस्यता नं, ईमेल, फोन न सहित) । आबश्यक पर्यो भने सचिवालयले सम्पर्क गर्ने छ । – एमआईएस प्रणालीमा माथि उल्लेखित मिति र समय सम्म आएका सदस्यहरुको विवरण आधारमा प्रतिनिधीको साख्या तोकिने छ । – एनसिसि अमेरिका र अष्ट्रेलियाका पंजिकृत सदस्यहरुको विवरण सहित डेलिगेष्टसहरुको माथी उल्ल्लेख गरेको विवरण र तोकिएको मिति सम्म सचिवालयमा पठाउनु पर्ने र प्रतिनिधिहरुले एमआईएस प्रणालीबाट सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ने कागजाउने बुझाउने । गैरआवासीय नेपाली संघ सचिवालय मितिः ७ सेप्टेम्बर २०२१