गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सुरक्षा उपकरण वितरणः

|
गैरआवासीय नेपाली संघले कोभिड १९ को संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगको लागि नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरिरहेको छ । यसै सन्दर्भमा आज मंगलवारका दिन संघले देहायका संस्थाहरुकालाई पिपिइ सुरक्षा उपकरणहरु उपलब्ध गराइ सहयोग गरेको छ ।    
उक्त सामाग्रीहरु संघका उपाध्यक्ष सोनामा लामा, एशिया क्षेत्रका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने र मध्यपूर्वका पूर्व क्षेत्रीय संयोजक नरेन्द्र भाटटले निन्न लिखित संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भयो ।
१ गोर्खा अस्पताल – 30 set
२ सुदुर पश्चिम अस्पताल – 50 set
३ मुस्ताङ्ग अस्पताल – 25 set
गैरआवासीय नेपाली संघ ।