Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
पुन:निर्माणबारे एनआरएन अध्यक्षद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल
2015-12-09

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका सरकारी अधिकारीलाई भेट गरी पुन:निर्माण योजनाबारे छलफल गर्नुभएको छ ।

भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित गत आइतबार सरकारी अधिकारीलाई भेट गरेको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकाश अधिकारी र शहरी विकाश बिभागका प्रतिनिधिहरुसाग एनआरएन टोलीले सामूहिक छलफल गरेको थियो ।

 सो अबसरमा संघका अध्यक्ष घलेले दुई बर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शहरी विकाश तथा भवन निर्माण बिभागसाग सम्झौता भइसकेको जानकारी दिादै सिन्धुपाल्चोकमा कहाा र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोध्नुभएको थियो ।

सरकारले सिफारिस गरेको ठाउामा मात्र गैरआवासीय नेपाली संघले पुन:निर्माण अभियान थाल्ने भएकाले अति बिपन्न र एकै ठाउामा धेरै घरधुरी भएको गाउा एनआरएनलाई जिम्मा दिन आग्रह गर्नुभएको थियो ।

सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुन:निर्माण गर्ने संघको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गर्नुभयो ।

‘धेरै संघसंस्थाहरु सजिलो र सुगम ठाउामै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली संघले अति बिपन्न परिवार रहेका दुर्गम गाउामा पुगेर पुन:निर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भन्नुभयो– सकेसम्म सिंगो गाविस वा वडालाई नै लिएर नमुना वस्ती बनाइदिनुभयो भने अरुलाई पनि मोडल बन्ने छ ।’

सो अबसरमा स्थानीय विकाश अधिकारी कृष्णबहादुर शाहीले संघले थालेको पुन:निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । छलफल कार्यक्रममा शहरी विकाश तथा भवन निर्माण बिभागका कार्यालय प्रमुख टंक गौतमको पनि उपस्थीति थियो ।

संघले ३५ करोड रुपैयाँको लागतमा भूकम्प प्रभावित जिल्लाहरुमा १ हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोही बमोजिम संघ र शहरी विकाश विभागवीच गत अक्टुवर ११ तारिखमा सम्झौता भएको थियो ।

 रञ्जु थापा वाग्ले

प्रवक्ता

अन्तराष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ ।

मिति: २१ मंसिर, २०७२ ।

Invest in Nepal