Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
हार्दिक बधाई तथा शुभकामना
2015-10-12

ब्यबस्थापिका संसदमा आइतबार भएको निर्वाचनमार्फत् नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय खड्गप्रसाद (केपी) शर्मा ओलीज्यू प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । संविधान निर्माणसागै मुलुकमा शान्ति तथा स्थायित्व कायम भई सम्बृद्धिको यात्रा तय गर्ने अपेक्षा गरेका बिदेशमा बस्ने हामी लाखौं गैरआवासीय नेपालीहरुले नयाा सरकार गठनलाई उत्साहका साथ नियालिरहेका छौं ।

नयाा सरकारले केही सयमयता मुलुकमा देखिएको असहज परिस्थीतिको अन्त्य गर्दै नयाा संविधानलाई संस्थागत गर्ने छ भन्ने हाम्रो बिश्वास रहेको छ ।  नेपालको सम्बृद्धिमा साझेदार बन्ने उत्कट चाहनासहित गैरआवासीय नेपालीहरु यतिबेला राष्ट्र पुन:निर्माणमा समाहित हुन आतुर छन् । सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा बन्ने नयाा सरकारसाग गैरआवासीय नेपाली संघ सहकार्य र समन्वय गरेर सम्बृद्धिमा साझेदारी गर्न तयार रहेको अवगत गराउन चाहान्छु ।

अन्त्यमा  नयाा सरकार नेपालमा शान्ति, स्थायित्व र सम्बृद्धिको सम्बाहक बन्न सकोस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु ।

शेष घले

अध्यक्ष,

अन्तर्राष्ट्रिय समन्वय परिषद,

गैरआवासीय नेपाली संघ ।

Invest in Nepal