Today's Date:
Monday, August 21, 2017 ,   सोमबार, भाद्र ५ , २०७४
  
खुला विश्वबिद्यालय बारे एनआरएन र सभासद्हरुवीच छलफल
2015-08-07

काठमाण्डौ (अगस्त ६, २०१५): विधायीका संसदको महिला वालवालिका जेष्ठ-नागरिक तथा समाज कल्याण समिति तथा गैर-आवासीय नेपाली संघका विचमा हालै संसदमा प्रस्तुत “नेपाल खुला विश्वविद्ञालय विधेयक – २०७२” का वारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । संसदीय समितिका तर्फबाट सभापति मा. रञ्जु कुमारी झा सहित माननीय सभासदहरु आशा कोइराला, डा. गणेशमान गुरुङ्ग, जय प्रकाश थारु, जयन्ती राई, जीवन परियार, धनीराम पौडेल, निशा कुमारी साह, बद्री पाण्डे, मीना पुन, मीनाक्षी झा, यशोदा लामा, रञ्जना श्रेष्ठ, रत्न देवी गुरुङ्ग, राजेन्द्र प्रसाद पाण्डे, रामहरी सुवेदी, रीता रावल, लक्ष्मण राजबंशी र श्रीमाया थकाली, समितिका सचिव विरेन्द्र बहादुर कार्कीले उक्त अन्तर्कृयामा भाग लिनु भएको थियो । गैर-आवासीय नेपाली संघका तर्फवाट अघ्यक्ष शेष घलेको नेतृत्वमा कोषाध्यक्ष डा. बद्रि के.सी., क्षेत्रीय उप-संयोजक सोनाम लामा, परिषद सदस्य नविन शेरचन, खुला विश्वविद्यालय कार्यदलका सभापति डा. प्रमोद ढकाल, तथा कार्यकारी निर्देशकले भग लिनु भएको थियो । त्यस्तै खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका तर्फवाट सदस्य-सचिव डा. रामजीवन यादवले भाग लिनु भएको थियो ।

समितिका सभापति मा. रञ्जु झा द्वारा सभापतित्व र सञ्चालन गरिएको तथा संघका अध्यक्ष घले द्वारा संयोजन गरिएको यो कार्यक्रमामा सहभागी सबैलाई खुला विश्वविद्यालय कार्यदलका सभापति डा. प्रमोद ढकालले स्वागत गर्नु भएको थियो । वहाँले  नेपाल खुला विश्वविद्यालय विधेयक – २०७२ लाई संसद समक्ष पुर्याउन धेरै मन्त्रालयहरु र अभियन्ताहरुको हात रहेको वताउँदै उक्त सहयोगका साझेदार धन्यवाद दिनु भयो । त्यसमा पनि यो संसदीय समितिले निभाएको अत्यन्त अहम भुमिकाका लागि समितिका अध्यक्ष लगायत सबै माननीय सदस्यहरुको विशेष सह्राहना गर्नु भयो ।  त्यस पश्चात अध्यक्ष शेष घले, डा. बद्री के.सी. र डा. प्रमोद ढकालले संघका तर्फबाट विधेयक उपर धारणाहरु राख्नु भयो र ति बूँदाहरुमाथि बहस केन्द्रित भयो ।

कार्यक्रममा अधिकतम महिला सभासदहरुको उपस्थितिबाट अति उत्साहित  भएको र खुला विश्वविद्यालय ऐन बन्ने कुरामा अत्यन्त आशावादी बनेको बताउँदै संघका अध्यक्ष घलेले भन्नु भयो, “खुला विश्वविद्यालय एन.आर.एन.ए.को विदेसमा रहेका नेपालीहरुको ज्ञान, सीप र नवप्रवर्तनलाई संस्थागत रुपमा नेपालमा भित्र्याउने एजेण्डाको महत्वपूर्ण पाटो हो । यो विदेशमा लामो अनुभव हाँसिल गरेर पेशागत विकासको उत्तरार्धमा आएका नेपाली विद्वानहरुले आफ्नो ज्ञानद्वारा तथा आर्थीक आर्जनद्वारा नेपाललाई योगदान दिन उत्साहित गर्ने संस्था हुनेछ । आजै यो कुरा सुदृढ नदेखिएपनि  यदि हामीले २०-३० बर्ष परको नेपाल र नेपालीको अवस्थाको आँकलनमा गरेमा यो कुरा धेरै प्रवल बन्ने छ । आजै देखि खुला विश्वविद्यालयले नेपालीबाट र विश्वका अन्य श्रोतहरुबाट पनि लो-कल्याणकारी आर्थिक योगदान हाँसिल गर्न प्रोत्साहन हुने संस्थागत विधिहरु अपनाउनु पर्छ ।”

यस्तो योगदानलाई उत्साहित गर्न साथै विदेशमा कार्यरत धेरै नेपालीहरुमा पढाइ र सीप-अभिबृद्धि गर्ने उपाय पुर्याउनु पर्ने भएको आवस्यकतालाई सम्वोधन गर्न सहज पार्न विश्वविद्यालयको सभामा विश्वका मुख्य छ क्षेत्रहरुबाट एक-एक नेपाली प्रतिनिधि रहने व्यवस्था राख्नु पर्ने संघको कमसेकम आग्रह रहँदै आएको र रहिरहेको धारणा अद्यक्ष घलेले राख्नु भयो । यसले हाल व्यवस्था गरिएको २३ सदस्यीय सभामा ६ जना थपिँदा पनि यी अबैतनिक पदहरु भएकोले विश्वविद्यालयलाई आर्थीक भार नपारिकनै ठूलो मुल्यको भावनात्मक लगानी हुनजाने अभिव्यत्ति वहाँले दिनु भयो । यसले सभाको गरिमा अझ सुदृढ पार्ने धारणा वहाँले व्यक्त गर्नु भयो । यस्तो गरेमा गैर-आवासीय नेपालीहरुले वर्षौँदेखि गरेको प्रयत्न खेर जानेछ र हाम्रा आफ्नै समुदायहरुलाई क्षति हुनेछ । हामी यस्तो भएको देख्न चाहँदैनौँ ।

अद्यक्ष घलेले खुला विश्वविद्यालय कुनै व्यक्तिलाई नाफा दिने र नेपाली जनाताकै स्वामित्वको संस्था हुने भएर पनि, यो छिटो भन्दा छिटो आर्थीक रुपमा आत्म निर्भर हुन सक्नु पर्छ ।  बरु संस्थाकै दीर्घकालीन उन्नयनका लागी र गुणस्तरमा निरन्तर अभिबृद्धि हाँसिल गर्नका लागी आर्थीक रुपमा अत्यन्त सफल हुनु पर्छ । तर यो विश्वविद्यालय सिमारहितको हुनाले यो कार्यसिद्धिगर्न यसलाई सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

यी लगायत गैर-आवासीय नेपाली संघले उठाएका अरु पनि धारणाहरु उपर भएको बहसमा अधिकांश सभासदहरुले खुला विश्वविद्यालयको अभियानलाई सफलाताको संघारमा ल्याउनाका लागि संघले गरेको योगदानको मुक्त कण्ठले सह्राहना गर्नु भयो । हिजो ऋषिमुनिहरुको तपास्यास्थल बनेको हिमालयको देश नेपाललाई पुन: विश्वका विद्वानहरुलाई आकर्षित गर्ने थलो बनाउने गैर-आवासीय नेपालीहरुको आकाँक्षालाई मुर्त रुप दिन आँफुले आवस्यक योगदान पुर्याउने बचान दिनु भयो । संघका हरेक सुझावहरुलाई खुला दिलले हेर्न र यो विश्वविद्यालयको हितलाईनै ध्यान दिएर विधेयकलाई आवस्यक परिमार्जन गर्न आँफुहरु तयार रहेको बताउनु भयो । अरु सवै सुझावका बुँदाहरुमा वहाँहरुको धारणा सहज परिमार्जनको रहेकोले, बहस विश्वविद्यालयको नाम के राख्दा उत्तम हुने, कुलपति कसलाई बनाउँदा उत्तम हुने र गैर-आवासीय नेपालीलाई विश्वविद्यालय सभामा कस्तो प्रतिनिधित्व दिन सकिने भन्ने कुरामा मूलत: केन्द्रित हुन पुग्यो ।

नामका हकमा धेरैजसो सभासदहरुले “नेपाल खुला विश्वविद्यालय” राख्न सहज मानेको पाईयो भने कुलपतिको हकमा शिक्षा-मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिलाई कुलपति बनाउनु भन्दा कुनै लव्ध-प्रतिष्ठित विद्वानलाई बनाउन उचित हुने धारणा सबै सहभागी सांसदहरुले एक रुपमा राखेको पाइयो ।

सभामा गैर-आवासीय नेपालीहरुको प्रतिनिधित्वको सबालमा सबै सभासदहरुले आँफु सकारात्मक रहेको कुरा बताउनु भयो । यहि प्रसङ्गमा माननीय राजेनद्र प्रसाद पाण्डेले भन्नु भयो, “सभामा ६ जना मात्रै नभै सभाको बहुमत पनि गैर-आवासीय नेपालीहरुलाई दिन हामी तयार छौँ, बरु गैर-आवासीय नेपालीहरुका तर्फबाट यो प्रतिबद्धता आउनु पर्यो कि यो विश्वविद्यालयलाई उसले सफल रुपमा चलाउने छ, यो विश्विद्यालय सरकारलाई भारको रुपमा उपस्थित हुने छैन, हाल स्थापित विद्यार्थी विनाका विश्वविद्यालयहरु जस्तो हुने छेन, र यसबाट अन्तर्राष्ट्रिय  गुणस्तरको शिक्षा दिइने छ ।”  यो धारणामा अरु पनि कतिपय सांसदहरुले सहमति जनाउनु भयो ।

उपर्युक्त धारणामा प्रतिकृया व्यक्त गर्दै अध्यक्ष घलेले माननीयज्युहरुले राखेको प्रतिबद्धताको आसयमा आर्थिक र प्रवन्धात्मक भार अत्यन्त गम्भीर भएको भएर पनि राष्ट्रको आवश्यकताले त्यस्तो माग गर्छ भने त्यो भूमिका बहन गर्न आँफुहरु तयार रहेको उत्तर दिनु भयो । त्यो गम्भिर भारिलाई बहन गरेर मतृभूमिका लागि योगदान दिनुमा आँफु, आफ्नो संगठन र गैर-आवासीय नेपालीहरुले गौरव ठान्ने धारणा व्यक्त गर्नु भयो । डा. बद्री के.सी. र अन्य संघका प्रतिनिधिहरुले पनि यहि अनुरुपका धारणा राख्नु भयो ।

कार्यक्रमको अन्तमा माननीय सभापति रञ्जु झाले माननीय सभासदहरुले राखेका आधिकांश कुरामा आफ्नो तर्फबाट पनि सहमति रहेको मत राख्नु भयो । छलफलमा ल्याइएका बुँदा बाहेक ग्रामीण र पिछडीयका समुदायहरुलाई पनि शिक्षा दिने लक्ष साथ खोलिने एउटा खुला विश्वविद्यालयको पढाइ लक्षित समुहमा प्रबावकारी हुन भाषाको माध्यम के हुने भन्ने बारेमा पनि स्पष्ट नीति हुनु राम्रो हुने सुझाव राख्नु भयो ।  नाम माहत्वपूर्ण हो वा होइन भन्ने बारेमा भएको छलफलका बारेमा नाम पनि हत्वपूर्ण कुरा हो र त्यासका बारेमा थप छलफल र विचार पुर्याएर निर्णय लिने कुरा बताउनु भयो । अन्तमा खुला विश्वविद्यालय स्थापनाका समस्त अभियन्तहरुलाई इङ्गीत गरेको खुशीको समचारको रुपमा यो विधेयकलाई यो समितिले अत्यन्त प्राथमिकताका साथ लिएको र यसको वहस तत्काल सुरु हुने आश्वासन दिनु भयो र गैर-आवासीय नेपालीहरुले गरेको योगदान केर नजाने बताउनु भयो ।

Invest in Nepal