Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा अठ्ठाईस लाख सहयोग
2015-06-12

गैरआवासीय नेपाली संघका अध्यक्षलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् कोरियाका सदस्य के.पि.सिटौलाले रु. २८ लाख हस्तान्तरण गर्नु भयो । सहयोग रकम प्राप्त गर्दै संघका अध्यक्षले रकम भूकम्प पीडितको उद्दारमा खर्च गरिने र प्रत्येक रुपियाँको सदुपयोग गरिने वताउनु भयो । यस रकम जुटाउन सहयोग गर्ने सम्पूर्ण कोरिया बासी गैरआवासीय नेपाली तथा कोरियालीहरुलाई धन्यवाद व्यक्त गर्दै यो राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सहयोगको शूरुवात मात्रै भएको र एन.सि.सि. कोरियाको सहयोगमा ठूलठूला प्रोजेक्टहरु गर्न सिकिने आशा लिएको वताउनु भयो ।

 रकम हस्तान्तरण गर्दै आइ. सि. सि. सदस्य के.पि.सिटौलाले हस्तान्तरित रकम मध्ये रु १ लाख उहाँ आफैंले जम्मा गरेको तथा बाँकी रकम कोरियामा रहेका गैरअवासीय नेपालीहरु तथा नेपाललाई मायाँ गर्ने कोरियालीहरुबाट संकलन गरिएको जनाउनु भयो । 

गैरआवासीय नेपाली संघको प्रथम चरणको राहत वितरण कार्य एकदमै सफल भएको र यसले कोरिया बासी नेपाली तथा कोरियालीहरुलाई प्रेरणा दिंदै राहत संकलनमा उर्जा थपेको जनाउनु भयो । कोरियामा रहेका संघसंस्थाहरु तथा कोरियाली सरकारले व्यक्तिगत घरमा लगानी गर्न इच्छा व्यक्त नगरेको तथा सामूहिक कार्य जस्तै स्कूल तथा स्वास्थ चौकीहरुमा सहयोग गर्न इच्छा व्यक्त गरेको जानकारी गराउँदै संघको पहल र नेतृत्वमा यस्ता कार्यहरुमा सहभागी हुन सकिने जानकारी गराउनु भयो । भूकम्प पीडितहरुका लागि एउटा नमूनाको विकास कार्य गर्न सकेमा भविष्यमा नेपालाई मायाँ गर्ने कोरियाीहरुलाई नेपाल आईरहने बाटो खुल्नुको साथै नेपाललाई थप सहयोग प्राप्त गर्ने  अवसर समेत मिल्लने वताउनु भयो ।

गैरआवासीय नेपाली संघको सचिवालय,

काठमाण्डौं ।

मिति: १२ जुन, २०७२ ।

Invest in Nepal