Today's Date:
Sunday, April 30, 2017 ,   आईतबार, वैशाख १७ , २०७४
  
नेप्लिज कम्युनिटी हिथ्रोद्वारा एनआरएनमार्फत् भूकम्पपिडीतलाई ६ लाख रुपैयाँ प्रदान
2015-05-24

 काठमाण्डौ । नेपालका भूकम्पपिडीतको दु:खमा साथ दिन बिदेशमा कार्यरत नेपालीहरुले आफ्नो गास काटेर सहयोग गर्ने क्रम तिब्र भइरहेको छ । गैरआवासीय नेपाली संघले बिदेशमा बसोबास गर्ने सवैलाई नेपालका भूकम्पपिडीतका लागि राहतमा जुट्न आह्वान गरेलगत्तै बिश्वभरका नेपालीहरु सहयोग संकलन अभियानमा तल्लिन छन् । गैरआवासीय नेपाली संघको संजालमात्र हैन, बिदेशमा क्रियाशिल अन्य नेपाली संघसंस्थाले पनि आफुले जम्मा गरेको रकम गैरआवासीय नेपाली संघमार्फत् नै पिडीतसम्म पुर्‍याउन थालेका छन् । यसैक्रममा लण्डनस्थित युनाइटेड नेप्लिज कम्युनिटी हिथ्रो संस्थासंग आबद्ध र केही बिदेशीसमेतको सहभागीतामा संकलन गरेको ६ लाख २० हजार रुपैयाँ गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेको छ । सो रकम बराबरको चेक संस्थाका तर्फबाट निर्मल ढुंगानाले बिहीबार काठमाण्डौमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गर्नुभयो । गैरआवासीय नेपाली संघले भूकम्प पिडीतका लागि संचालन गरेको राहत अभियानप्रति बिश्वास लागेर एनआरएनमार्फत् नै सो रकम पिडीतसम्म पुर्‍याउन चाहेको संस्थाले बताएको छ ।

 ‘हाम्रो अभियानमा सहभागी हुादै विनासर्त उहााहरुले यो रकम हामीलाई सुम्पिनुभएको छ’ अध्यक्ष शेष घलेले भन्नुभयो– उहााहरुको बिश्वासलाई कायम राख्दै हामी हाम्रो घोषित अभियानअनुसार नै वास्तविक पिडीतसम्म राहत पुर्‍याउने वाचा गर्दछौं ।’ यसअघि गैरआवासीय नेपाली संघको राहत अभियानबाट प्रभावित भई बर्मामा बसोबास गरिरहेका नेपालीहरुले संकलन गरेको २५ लाख रुपैयाँ पनि गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेका थिए ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति मात्र नभएर बिदेशमा वस्ने अन्य धेरै नेपाली संस्था र समुदायले पनि गैरआवासीय नेपाली संघलाई विश्वास गरेर रकम हस्तान्तरण गरेकोमा अध्यक्ष घलेले प्रसन्नता ब्यक्त गर्नुभयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ । 

 

Invest in Nepal