Today's Date:
Monday, June 26, 2017 ,   सोमबार, असाढ १२ , २०७४
  
सुनकोशी बढिपीडितलाई एनआरएनए कोरियाद्वारा सहयोग प्रदान
2014-09-15

आज मिति २०७१ भाद्र २९ का  सुनकोशी बाढीपहिरो पीडितहरुको लागि राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको अगुवाईमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख २५ हजार रुपैयाँ प्रधान मन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उक्त सहयोग रकम कोरियाबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य के.पि सिटौलाले आज सम्माननीय प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्नु भयो ।

 एनआरएनए दक्षिण कोरियाको संयोजकत्वमा विभिन्न २८ वटा संस्थाहरु मिलेर  सामूहिक रुपमा राहत संकलन गरेका थिए । उनीहरुले सुनकोशी बाढी पहिरोले प्रभावीत स्थलगत भ्रमण गरी पीडित र स्थानीय वासिन्दा एवम् स्थानिय प्रशासनसँग छलफल समेत गरेका थिए ।

 सो हस्तान्तरण समारोहमा सिटौला लगायत नेपाल योङगस्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ, पत्रकार महासंघ दक्षिण कोरियाका निर्वमान अध्यक्ष रघु त्रिपाठी, एशियन मानव अधिकार फोरमका संस्थापक अध्यक्ष सिद्धिचरण बराल लगायत सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौं ।

मिति: २९ भाद्र, २०७१ ।

 

Invest in Nepal