Today's Date:
Friday, June 23, 2017 ,   शुक्रबार, असाढ ९ , २०७४
  
गैरआवासीय नेपाली संघका सल्लाहकार सम्मानित
2014-08-27

प्रवासमा रहँदा दु:ख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक रुपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने व्यत्तित्वहरुको छनौट गरी उत्कृष्ट एनआरएन घोषणा गर्दै आएको यस सोलिडारिटि ट्रष्ट नेपालले  विगत दुई वर्षको समग्र मूल्याङकनको आधारमा माननीय कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री नरहरी आचार्यज्युबाट उत्कृष्ट एनआरएन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार श्री धरम केसी घोषित हुनु भएकोमा गैरआवासीय नेपाली संघ सचिवालय उहाँलाई वधाई ज्ञापन गर्दछ ।

सो सम्मान कार्यक्रममा संघका पूर्व संरक्षक भिम उदास, संरक्षक रामेश्वर शाह तथा थूप्रै गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

Invest in Nepal