Today's Date:
Saturday, August 19, 2017 ,   शनिबार, भाद्र ३ , २०७४
  
NRNA द्वारा बाढि पहिरो पिडितलाइ सहयोग प्रदान
2014-08-21

 

आजि मिति: २०७१ भाद्र ५ विहिावरका दिन गैरआवासीय नेपाली संघले नेपालमा आएको बाढि पैरो पिडितहरुको सहयोगार्थ रु. २ लाख बराबरको ४२० थान कम्बल एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई हस्तान्तरण गर्‍यो ।

 कम्बल हस्तान्तरण गर्दै राष्ट्रिय समन्वय परिषद रसियाका सदस्य धन राज मोक्तानले यस भन्दा पहिले संघले तत्काल राहातको लागि लामोसाँगु भ्याली समाजलाई रु ८ लाख हस्तान्तरण गरेको र आगामी दिनमा पीडितहरुको पूनरवासमा सहयोग गर्ने योजना समेत रहेको जानकारी गराउनु भयो । उहाँले संघले हस्तान्तरण गरेको सो सहयोग सम्बन्धित पिडितहरुमा पुर्‍याईदिनको लागि आग्रह गदैं राहत संकलन र वितरणमा एभिन्जयूज टेलिभिजनले पुर्‍याएको योगदानको सरहना समेत गर्नु भयो ।

 यसै सन्दर्भमा  एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले गैरआवासीय नेपाली संघलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सो समान पिडितहरुमा पुग्ने र आफै पनि त्यसको स्थलगत निरिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 सो हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला उपसंयोजक रजनी प्रधान, युरोपका पूर्व क्षेत्रीय उपसंयोजक रविन्द्रमान श्रेष्ठ र सचिवालयको सहभागीता रहेको थियो ।

 गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौं

Invest in Nepal