Today's Date:
Saturday, August 19, 2017 ,   शनिबार, भाद्र ३ , २०७४
  
सुनकोशीमा गएको पहिरोको स्थलगत निरिक्षण
2014-08-11

 मिति २३ श्रावण २०७१ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.वि कार्कीको नेतृत्वमा गएको एक प्रतिनिधि मंडलले सुनकोशी नदी किनार अवस्थित राम्चेमा गएको पहिरोका पिडितहरुको लागि सहयोग गर्ने उद्देश्य अनुरुप स्थलगत भ्रमण गर्यो ।

टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी तथा सदस्य सचिव स्थानीय विकास अधिकारी संग भेट गरी के कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनी छलफल गर्यो ।

 सो अवसरमा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षले आवश्यक दैनिक उपभोग्य बस्तुहरु विभिन्न निकायहरुबाट प्राप्त भई वितरण भईरहेको जानकारी गराउँनु भयो । उहाँले गैरआवासीय नेपालीहरुले आफ्नो मातृभूमीमा आएका विपत्तिहरुमा सधै सहयोग गर्दै आएकोमा धन्यवाद दिंदै संघलाई जिल्ला दैनिक प्रकोप उद्धार समिति संग समन्वय गर्दै पुनर्वासमा सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

उक्त भ्रमण टोलीमा संचारकर्मी लगायत सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

द्रष्टव्यः सुनकोशी पिडितका लागि सहयोगको प्रतिबद्धता गर्नुहुनेहरु सहयोग गर्न चाहनु हुनेहरुले तलको बैंक खातामा यथाशिघ्र रकम जम्मा गरिदनि हुन रकम जम्मा गरे पछि सचिवालयमा जानकारी गरिदिन हुन पनि हार्दिक अनुरोध गर्दछौं

 Transfer to NRNA Charity Fund

Account No        :               062500000144

Beneficiary         :               NRNA CHARITY FUND

Bank                      :               Bank of Kathmandu, Kamaladi, Kathmandu

Swift                     :               BOKLNPKA

 गैरआवासीय नेपाली संघ सचिवालय, काठमाडौं ।

Invest in Nepal