Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
क्यानवेराबाट एनआरएन भवनलाई १३ लाख
2014-07-14

 गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि अष्ट्रेलियाको क्यानवेरामा बसोवास गर्ने नेपालीहरुले १३ लाख भन्दा बढी आर्थिक सहयोग प्रतिबद्धता जनाएका छन् । १२ जुलाई शनिबारका दिन नेपाली दूतावासमा आयोजित आर्थिक संकलन तथा जलपान कार्यक्रममा उपस्थित नेपालीहरु बाट सो रकम प्रतिबद्धता भएको हो । प्रतिष्ठित तथा विज्ञ व्यतिहरुको बसोवास रहेको सो ठाउँमा प्रतिबद्धता बढेर १५ लाख सम्म पुग्ने एनआरएनए आईसीसी सदस्य डा. कृष्ण हमालले बताउनु भएको छ ।

 एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा ग्लोबल आर्थिक संकलन समितीका संयोजक तथा आइसिसि सदस्य गणेश केसी,  एनआरएनए ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक बिष्णु हमाल, एनआरएनए सचिव रन्जु थापा वाग्ले, एनआरएनएका केन्द्रिय प्रवक्ता मन केसी,  एनआरएनएका यूवा उपसंयोजक कृष्ण गिरी, नेपालका लागि पपुआ न्यूगीनीका महावाणिज्य दूत पुना भण्डारी, कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, आइसीसी सदस्य डा. कृष्ण हमाल, स्थानिय समाज सेवी डा.होम मूर्ती पन्त, डा. किशोर वैद्ध, डा. रमेश पौडेल, डा. केशब भट्टराई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष घलेले एनआरएनए भवनमा सबैको सहयोग र सहभागिता नै महत्वपूर्ण भएकाले भवन बनाउने ऐतिहासिक कार्यमा हातेमालो गर्न अनुरोध गर्नु भएको थियो । जिज्ञासुको उत्तर दिदै घलेले भवन तथा जग्गाको वनावट संरचना र लागतका बारेमा प्रकाश पार्नु भएको थियो ।

 एनआरएनए अष्ट्रेलिया एसिटीका संयोजक डा.सिताराम घिमिरेको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन युवराज खनियाँले गरेका थिए । मौसमले साथ नदिएको भएता पनि कार्यक्रममा १०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोग प्रतिबद्धता गर्ने सबैलाई आयोजक र संघका घलेले सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।

Invest in Nepal