Today's Date:
Sunday, April 30, 2017 ,   आईतबार, वैशाख १७ , २०७४
  
गैरआवासीय नेपाली संघको संयुक्त अतिथि देवो भव: अभियान
2016-05-17

नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ । सानै उमेरदेखि नै अतिथिलाई कस्तो व्यवहार गर्ने भनेर अतिथि देवो भव: अर्थात् अतिथि देवता हुन् भनी घरका साथै विद्यालयमा पनि सिकाइन्छ । त्यही अतिथि देवो भव: लाई अबको समयमा नेपाली समाजमा पुन:स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा पर्यटनसम्बन्धी अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुादाहुदै पनि पर्यटक आगमनलाई सन्तोषजनक अनुपातमा बढाउन सकिएको छैन । त्यसका धेरै कारण होलान् तर ती कारणले हाम्रो उद्देश्य प्रभावित हुनु हुादैन । तसर्थ, अतिथि देवो भव: भन्ने मन्त्रलाई आत्मसात् गर्दै आधिकारिक, कार्यगत र संगठित रूपमा अघि बढाउनुपर्ने देखिएकाले एनआरएनए का केन्द्रीय उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा रहेको Tourism Promotion Nepal Committee ले यो अभियान सुरु गर्ने दृढता लिएको हो । विभिन्न कार्यक्रमलाई एकै मञ्चबाट सञ्चालन गर्दा बढी प्रभावकारी हुने भएकाले नेपाल पर्यटन बोर्डलाई अनुरोध गरियो । बोर्डले यसलाई अझ बढी प्रोत्साहन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा विश्वव्यापी बनाउन सहकार्य गर्ने निर्णय भयो ।

 

अतिथि देवो भव: अभियान समग्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा कार्यान्वयन हुँदैछ, जसका लागि एनआरएनए र नेपाल पर्यटन बोर्डबीच यो हस्ताक्षर समारोह आयोजना गरिएको हो । अतिथि देवो भव: यस्तो अभियान हो, जसको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु हो । यसका मुख्य उद्देश्य र कार्यान्वयनका प्रक्रिया निम्न छन् :

  • नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने
  • पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटन वृद्घि गर्ने
  • विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको NRNA नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा एनआरएनए र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भव: अभियान विदेशमा पनि प्रचारप्रसार गर्ने । सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन एनआरएनएका ७५ देशका एनसिसिका अध्यक्षलाई Good Will Ambassador बनाउने तथा Reward तथा Recognition का कार्यक्रम ल्याउने
  • नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने

 

यसका लागि कार्यगत तहमा सुरक्षा (Safety), सुविधा (Convenience) तथा सुहर्षका (Delight) क्षेत्रमा व्यापक ATL BTL स्तरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गरी सन् २०१८ सम्ममा अन्तरराष्ट्रिय पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढाउने लक्ष्य यो अभियानले लिएको छ । यस अभियानका तीन पक्षले संयुक्त रूपमा जिम्मेवार पक्षमध्ये एनआरएनएको जिम्मेवारी भनेको यो पूरा अभियानलाई सञ्चालन गर्ने हो, पर्यटन बोर्डको जिम्मेवारी भनेको यो अभियानलाई आवश्यक समग्र सहजीकरण र प्रबर्दन गर्नु हो । पर्यटन मन्त्रालयको जिम्मेवारी अभियानको सफलताको मूल्यांकन गर्ने तथा स्वदेश र विदेशमा यो अभियानलाई आवश्यक पर्ने सरकारी सहयोग उपलब्ध गराउनु हो ।

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलको उपस्थिति थियो । ल्च्ल्ब् का केन्द्रीय उपाध्यक्ष तथा Tourism Promotion Nepal Committee का अध्यक्ष भवन भट्ट तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले MOU मा हस्ताक्षर गर्नुभएको छ । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम आचार्यले साक्षीको रूपमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मन्त्रालयका सचिव प्रेमकुमार राई अतिथिको रूपमा उपस्थित भई अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

Invest in Nepal