Today's Date:
Friday, July 28, 2017 ,   शुक्रबार, श्रावण १३ , २०७४
  
गैरअवासीय नेपाली संघको अभियानमा महिला फोरम

रंजु थापा

संयोजक, महिला फोरम

गैरआवासीय नेपाली संघ

 

गैरआवासीय नेपाली संघको स्थापना काल सन् २००३ अक्टोर ११ देखिनै गैरआवासीय नेपाली  महिलाहरुले गैरआवासीय नेपाली संघको अभियानमा सकृय भूमिका निर्वाह गर्दै आएका छन् ।  विदेशमा रहेका नेपाली महिलाहरुको संजाललाई एकिकृत गरी उनीहरुको हक हितमा काम गर्नको लागि संघको स्थापना काल देखि नै अन्तर्राष्ट्रिय समन्वय परिषदमा महिला फोरमको गठन भएको छ । महिला फोरममा यस अघि रंजना उदास र उषा शर्माको संयोजकत्वमा महिला हक हित सम्बन्धमा कार्यहरु भएको र अहिलेको कार्यकालमा स्वयंम म अष्ट्रेलिया निवासी रंजु थापाको संयोजकत्वमा कार्यहरु संचालन भैरहेका छन् ।

 

गैरआवासीय नेपाली संघको विधानमा नै प्रत्येक एनसिसिहरुले एक जना महिला प्रतिनिधिको प्रावधान भए अनुसार हाल करीव ३५ वटा मुलुकहरुमा महिला फोरमका संयोजकहरु नियुक्ति भैसकेका र बाँकी मुलुकहरुमा चयन हुने कार्यहरु भैरहेका छन् । रुस र अष्ट्रेलियामा नारीनिकुंज गठन गरेर महिलाका हीत सम्बन्धमा कार्यहरु संचालन भैरह्का छन् । भविष्यमा एनसिसि भएका मुलुकहरुमा नारिनिकुंज स्थापना गर्ने योजना रहेको छ ।

 

हालका दिनहरुमा खास गरी खाँडी मुलुकहरु साउदी अरेवीया, युएई, कतार, कुवेत, इजरायल, बहराइन, ओमान र अन्य मुलुकहरुमा नेपालबाट रोजगारीको लागि धेरै मात्रामा महिलाहरु गैरह्का छन् । मेरो विचारमा वैदेशिक रोजगारमा जाने प्रायजसो महिलाहरु अशिक्षितका साथै तालिम बिना वैदेशिक रोजगारमा घरेलु कामदारको लागि गइरहेका छन् जसको फलस्वरुप उनीहरुले त्यहाँ विविध समस्याहरुको सामना गरिरहनु परेको छ । पहिलो त सम्बन्धित देशको भाषाको ज्ञान नहुनु, उचित सीपको अभावले त्यहाको घरमा भएका उपकरणहरु प्रयोग गर्न नजान्न जसले गर्दा उनीहरु घर मालिकद्वारा दिनका दिन घरेलु हिंसाका साथै बालात्कारको शिकार पनि भैरहेका छन् । यसलाई कसरी न्युन गर्न सकिन्छ भन्ने बारेमा नेपाल सरकार, सम्बन्धित देशका नेपाली दूतावसाहरु,  एनसिसिहरु र महिलाको हित सम्बन्धी कार्य गर्ने संघ संस्थाहरु संग सहकार्य गरी छलफल भैरहेका छन् । यसका साथै गैरआवासीय नेपाली संघ महिला फोरमले महिला विरुद्धको हिंसामा सरोकारवालहरुसंग समन्वय र सहकार्य गरी सहयोग गरी रहेको छ ।

 

महिलाहरुको हित सम्बन्धी कार्यमा गैरआवासीय नेपाली संघ महिला फोरमले सुरु देखि नै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएको छ । गैरआवासीय नेपाली सघले गएको महिनामा देशमा भैरहेको महिला हिंसा विरुद्ध ध्यानाकर्षण गरेर एक विज्ञप्ति पनि निकालेको थियो । यसै सन्दर्भमा सन् २०१३ जनवरी २२ र २५ मा गैरआवासीय नेपाली संघ महिला फोरमको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्धको धर्ना कार्यक्रममा नेपाली महिलाहरुको हौसला र समर्थनको लागि ऐक्यबद्धता जनाउन सहभागीता रहेको थियो । सो कार्यक्रममा महिला हित सम्बन्धी कार्य गर्ने विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको र उनीहरुहरुसंग महिलाहरु माथि भैरहेको हिंसालाई न्युनिकरण गर्न र नेपालका पिछिडीएका महिलाहरुको आर्थिक उन्नतिको लागि संघले के कस्ता योगदान गर्न सकिन्छ बारे छलफल भएको थियो । महिला विरुद्ध हुने हिंसामा गैरआवासीय नेपाली संघ महिला फोरमको सधै समर्थन र सहयोग रहने छ ।

 

यसै गरी गत जनवरीमा म स्वयंयम नेपाल गएको समयमा वैदेशिक रोजगारमा गएका महिलाहरुको हक हित र सुरक्षा सम्बन्धमा महिला सम्बन्धी कार्यहरुमा महिला फोरमले अझ के गर्न सिकन्छ बारे छलफलहरु भएको थियो । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा विदेशमा जाने महिला घरेलु कामदारको लागि निकट भविष्यमा नै एबिसिसि टेली भिजन मार्फत महिनाको दुई पटक वैदेशिक रोजगारमा जाने महिलाहरुले वैदेशिक रोजगारमा जानु अघि के के कुरामा ध्यान दिनु पर्छ र सेल्फ डिफेन्स समबन्धमा सूचना मुलक कार्यक्रम प्रशारण गर्न गइरहेको छ । यसका लागि एबिसि नेपाल टेलिभिजनसंग एक सम्झौता पत्रमा हस्ताक्षर भई आवश्यक कार्यहरु भैरहेका छन् । यो सूचना मुलक कार्यक्रम अन्य संचार माध्यमहरुसंग पनि सहकार्य गरेर प्रसारण गर्ने योजना रहेको छ ।

 

२०११ मा सम्पन्न भएको पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलनको घोषणा पत्रमा उल्लेख भए अनुसार हरेक एनसिसिहरुले नेपालमा एक परोपकारी परियोजना गर्नु पर्ने अनुसार गैरआवासीय नेपाली संघ महिला फोरमले नेपालका पिछिडिएका महिलाहरुलाई सहयोग गर्नको लागि महिला कल्याणकारी कोष गत जनवरी महिनामा खडा गरेको छ । यसमा मैले परोपकारी परियोजना अन्तर्गत घोषणा गरेको रकम रु १ लाख सो कोषमा जम्मा गरिसकेको छु । जसको फलस्वरुप विभिन्न मुलुकमा रहनु भएका नेपालीहरुले यस कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाई सक्नु भएका छन् । रसीया र अष्ट्रलियाको नारीको नारिकुंजहरुले पनि नेपालको सामाजिकऽ शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहेका छन् ।  

 

गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा आउँदो मार्च महिनाको ८ तारिख का दिन विभन्न मुलुकहरुमा अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागीता भई महिलाको हित सम्बन्धि विविध कार्यक्रमहरु संचालन हुन गैरहेको छ ।

 

-          नारी दिवसको अवसर पारेर एनसिसि युकेले नेपालको जुम्ला जिल्लामा प्रसुति गृह निर्माणको लागि एक परोपकारी कार्यक्रम आयोजना गर्न गैरहेको छ । एनसिसि युकेले सो कार्यको लागि करिव ३० लाख रुपैंयाँ उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ ।

-          अष्ट्रेलियाको नारीनिकुंजले ९ मार्चका दिन "the art of positive thinking and meditation" सम्बन्धमा एक कार्यशाला गोष्ठी आयोजना गर्न गैरहेको छ ।

-           ८ तारिखका दिन वेल्जीयम, क्यानाडा, ओमान, जापान र युएईमा कार्यक्रम आयोजना हुन गैरहेको छ ।

-          अन्य एनसिसिहरुको पनि कार्यक्रम रहेको जानकारीमा आएको छ ।

 

गैरआवासीय नेपाली संघ महिला फोरमले हालका दिनमा र भविष्यमा पनि नेपाली महिलाहरुको हित सम्बन्धमा नेपाल सरकारऽ नेपाल र विदेशमा रहेका संघ संस्थाहरुसंग सहकार्य गरेर आफ्नो अभियान जारी राख्ने प्रतिबद्धता राखेका छौ ।

 

गतिविधिहरुः

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला फोरमले २०११ अक्टोर १५ देखि हाल सम्म गरेका गतिविधिहरुबारे विवरणः

 

  • २०११ अक्टोर १५ का दिन अन्तर्राष्ट्रिय समन्वय परिषदको ३० औ एवं नयाँ कार्यकालको पहिलो वैठकमा सहभागीता ।
  • २०११ अक्टोर १५ देखि १७ सम नेपालका प्रमुख राजनैतिक दलहरुले गरेको चियापान कार्यक्रममा सहभागीता ।
  • २०११ अक्टोवर १७ मा माननीय अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा नेपाल सरकारका सचिवहरुसंग भएको छलफल कार्यक्रममा सहभागीता ।
  • २०११ अक्टोवर १८ का दिन माननीय परराष्ट्र मन्त्री संग भएको भेटघाट कार्यक्रममा सहभागीता ।
  • २०११ अक्टोवर १९ का दिन नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी संग भएको छलफल कार्यक्रममा सहभागीता ।
  • यस कार्यकालमा गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा करीव ३४ वटा एनसिसिहरुमा महिला संयोजकहरु नियुक्ति भइ ति मुलुकका एनसिसिहरुमा महिला सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन भैरहेको ।
  •  युएइमा महिला फोरम गठन भइ महिला सम्बन्धी कार्यहरु संचालन भैरहेको ।
  • युकेमा युकेका महिला संयोजकको पहलमा जुम्लामा प्रसुति गृह निर्माण र यो वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपालका दूर्गम जिल्लाका बालिकाहरुको शिक्षाको लागि सहयोग गर्ने योजनामा सहयोग ।
  • अष्ट्रेलियाको नारिनिकुंजले २०१२/०१३ आर्थिक वर्ष भित्र नेपालका काभ्रे, नुवाकोट, मकवानपुर, पर्वत, बाग्लुंग, नवलपरासी र सिराहा जिल्लामा पाठेघर सल्य कृया परियोजना अन्तर्ग करीव १०० महिलाहरुको सल्यकृया गरिने योजनामा सहयोग ।
  • हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभन्न मुलुकमा रहेका एनसिसिहरुसंग समन्वय गरेर महिला सम्बन्धि कार्यक्रमहरु संचालन भैरहेको ।
  • सन् २०१२ को जुन १ देखी ३ सम्म नेदरल्याडसमा सम्पन्न भएको पाँचौ क्षेत्रीय वैठकको अन्तिम दिन महिलाहरुको भेला आयोजा गरिएको थियो । उक्त भेलामा विभिन्g मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।
  • सन् २०१२ को अगष्ट ३० देखी सेप्टेम्वर १ आयोजना गरिएको सातौं क्षेत्रीय सम्मेलन अन्तर्गत महिला सत्रको आयोजना । सो सत्रमा सहभागी हुनु भएका विभन्न मुलकका महिला प्रतिनिधिहरुले आआफ्नो मुलुकमा भएका महिला सम्बन्धी कार्यहरुको बारे विवरण पेश गरेका थिए ।
  • सन् २०१३ जनवरी २० र २५ मा भएको नारी हिंसा विरुद्धको धर्ना कार्यक्रममा महिला फोरमका संयोजक रंजु थापाको सहभागीत र सो अवसरमा विभिन्न संघ संस्थाका महिला प्रतिनिधहरुसंग गैरआवासीय महिला फोरम बारे जानकारी ।
  • सन् २०१३ जनवरी २० का दिन पौरखीका अध्यक्ष मंजु गुरुङ्ग संग महिला फोरमका संयोजकको भेटघाट । मुख्यतया महिला फोरमका गतिविधिरुका साथै वैदेशिक रोजगारमा जाने महिलाहरुको हक हित, सुरक्षित रोजगार र महिला हिंसा बारे दुवै संस्था सहकार्य गरेर कार्य गर्ने बारे छलफल ।
  • सन् २०१३ को जनवरी महिनाको दोस्रो हप्तामा काठमाडौं आउनु भएको समयमा वैदेशिक रोजगारी जाने महिलाहरुले वैदेशिक रोगारमा जाँदा ध्यानदिनु पर्ने कुराहरु र महिला आत्म रक्षा सम्बन्धमा संचार माध्यमद्वारा जानकारी दिनको नेपालको संचार माध्यमसंग छलफल । निकट भविष्यमा नै यस सम्बन्धी जानकारी विभिन्न मिडियाहरुमा प्रसारण गरिने ।
  • नेपालमा महिला सम्बन्धी हितको लागी अक्षय कोषको निर्माण जसको सुरुवातमा महिला संयोजक रंजु थापाले कोषमा रु १ लाख जम्मा गरेर सुरुवात गरिएको ।
  • अब आउने अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विभिन्न देशमा महिला हितका कार्यक्रम गर्नको लागि जनवरीको अन्तिम हप्तामा साइवर वैठकको आयोजना गरिने कार्यक्रम ।
  • विदेशमा रहेका महिलाहरुले आआफ्नो तवरबाट नेपालमा महिला हित सम्बन्धी कार्यहरुमा सहयोग गरिरहेको ।