९ औं एनआरएनए क्षेत्रीय सम्मेलन स्मारिकाको लागि बिषयगत लेख, विश्लेषण र रिपोर्ट सम्बन्धि सूचना !

९ औं एनआरएनए क्षेत्रीय सम्मेलन स्मारिकाको लागि बिषयगत लेख, विश्लेषण र रिपोर्ट सम्बन्धि सूचना !

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन प्रकाशन कमिटीको बैठक २२ जुलाईमा सम्पन्न  भयो। बैठकको निर्णय अनुसार ९ औं एनआरएनए क्षेत्रीय सम्मेलन स्मारिकाको लागि बिषयगत लेख, विश्लेषण र रिपोर्ट सम्बन्धि यो सूचना गरिएको छ।

नेपाल तथा बिश्वभरिका नेपालीहरुबाट गैर आवासीय नेपाली संघ र यसका सम्बन्धित बिषयमा केन्द्रित रही आफ्नो लेख, विश्लेषण, अनुसन्धान रिपोर्ट, बिचार आदी जुलाई ३०, २०१६ भित्रमा देहायको इमेलमा पठाईदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

प्राप्त रचनाहरुमध्य उत्कृष्टहरुको प्रकाशन गरिने छ। तपाईको रचना प्रकाशनबापत कुनै पारिश्रमिकता दिइने छैन। तेसै गरी रचनाहरुको कुनै कपिराइट सम्बन्धी कुराहरु छन् भने तपाइँहरु आफै  जिम्मेवार हुनुहुनेछ।

स्पेसको अभावले प्रकाशन गर्न नसकिएका तर उत्कृष्ट ठहरिएका लेख/रचनाहरु भने एनआरएनएको बुलेटिन या वेबसाइटमा पोस्ट गरिने छ।

रचनाहरु नेपाली  (यूनिकोड या प्रिती फण्टमा मात्र)  या अंग्रेजी कुनै पनि भाषामा पठाउन सकिने छ। रचना २०० देखि ४०० शब्द या त्यो भन्दा कम हुनुपर्ने छ । रचना संगै अफ्नो फोटो समेत पठाइदिनु हुन अनुरोध गरिएको छ।

रचना पठाउने email:

krishnakcmedia@gmail.com

admin@nrna.org.np

धन्यबाद सहित !

कृष्ण के सी

स्मारिका – प्रधान संपादक तथा रिजनल मिडिया कोअर्टिनेटर, द अमेरिकाज

गैर आवासीय नेपाली संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *