हार्दिक धन्यबाद ! सोनाम लामा

गैर आवासीय नेपाली संघको हरेक दुइ बर्षमा आयोजना हुने क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा NRNA Vision 2020 & beyond नाराका साथ ११ बुँदे घोषणा पत्र जारि गर्दै सफलता पुर्बक सम्पन्न भएको छ । यसरि सम्मेलन सफलतापुर्बक सम्पन्न भएको जानकारी तपाईहरु सामु राख्न पाउदा अत्यान्तै हर्षित भएको छु । यो सम्मेलन सफल पार्नको लागि मेरो एकल प्रयास किमार्थ सम्भव थिएन ।

9th nrna in९ औ एनआरएनए क्षेत्रीय सम्मेलनका प्रमूख अतिथि सम्माननिय पूर्व सभामुख सुभाष चन्द्र नेम्बाङ्ग ज्यू बाट उदघाटन भएको सो सम्मेलनमा, पूर्व सभामुख ज्यूले उदघाटन भए देखि समापन सम्म लगातार उपस्थिति भै हामीलाई साथ् दिनु भएकोमा वंहा प्रति आभार प्रकट गर्दछु । माननीय कंग्रेसम्यान डोनाल्ड पेन जुनियर (न्यू जर्सी (१०) , अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्की, नेपालको व्यवस्थापिका संसदका माननीय सांसदज्यूहरु, संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि ज्यू लगायतका सम्पुर्ण अतिथिज्यू हरुलाई हाम्रो आतिथ्य स्विकार गरि सम्मेलनमा उपस्थित भै हाम्रो कार्यक्रमको सोभा बढाई दिनु भएकोमा वहाँहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

यो सम्मेलनलाई सफल बनाउने अर्को महत्वपूर्ण पाटो भनेको आर्थिक सहयोग दाताहरु हुन । तसर्थ यस सम्मेलनमा आर्थिक सहयोग गर्नुहुने platinum sponsor, gold sponsor, silver sponsor, support sponsor लगायत सम्पूर्ण दाताहरुलाई सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यस अघि सन् २०१० मा चौथो क्षेत्रीय सम्मेलन अमेरिका मै सम्पन्न भैसकेको अवस्थामा पनि पुनः दोश्रो पटक यो ९ औं क्षेत्रीय सम्मेलन आयोजन गर्ने अवसर दिनु भएकोमा र यो सम्मेलन सफलतापुर्बक सम्पन्न गर्नको लागि बिशेष भूमिका निर्बाह गर्नु भएकोमा एनआरएनएका अध्यक्ष डा शेष घले ज्यू तथा एनआरएनए IES का सम्पूर्ण साथीहरुलाई आभार प्रकट गर्दै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

यसै गरि यस सम्मेलनलाई सफल बनाउनको लागि विभिन्न तह तप्काबाट सहायोग गर्नु हुने एनआरएनएका संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, मेरा समकक्षी आरसी ज्यू हरु तथा समकालीन डिआरसी ज्यूहरु, सम्पूर्ण ICC member ज्यूहरु तथा सम्पूर्ण एनसीसीका अध्यक्ष ज्यूहरु र प्रतिनिधि ज्यूहरुमा हार्दिक कृतज्ञताका साथ धन्यबाद भन्न चाहान्छु ।

यस सम्मेलनलाई सफल बनाउनको लागि अहोरात्र खट्नुहुने एनसीसी अमेरिकाका साथीहरु, एनसीसी क्यानाडाका साथीहरु एनसीसी चिलीका साथीहरु, ९ औं क्षेत्रिय सम्मेलनका स्टेरिङ्ग कमिटिका साथीहरु, ९ औं क्षेत्रिय सम्मेलनका सचिवालयका साथीहरु, विभिन्न उपसमितिका साथीहरु, स्वयंसेवक साथीहरु, एनआरएनए सचिवालयका कार्यकारी निर्देशक लगायतका सम्पूर्ण कर्मचारीहरु, कलाकार मित्रहरु तथा पत्रकार मित्रहरु सबैलाई बिशेष धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

उसो त यो सम्मेलन आफैमा चुनौतीपुर्ण थियो । चुनौतिको बिषय भनेकै परम्परागत शैली भन्दा भिन्न ढंगले हामीले सम्मेलनको लागि चयन गरिएको बिषय NRNA Vision 2020 & beyond नै हो । प्रस्तुत गरिएको बिषयमा सम्बन्धित सबैको सक्रिय सहभागीमा एउटा निष्कर्षमा पुग्नु नै हाम्रो प्रमूख सफलता हो ।

यद्यपि सम्मेलनको क्रममा आवास, भोजन लगायतका बिषयहरुमा केहि कमि कमजोरी भए होलान । सम्मेलनको व्यवस्थापनको क्रममा बोल्दा वा निर्देशन दिंदा कसैको मन दुखेको हुन सक्छ । यी कुराहरु सबै व्यवस्थापनको क्रममा भएको सामान्य त्रुटि सम्झी बिर्सीदिनुहुन सबैमा अनुरोध गर्दछु । यसको अलावा नियतवश नगरिएको र अन्जानमा भएको यस्ता त्रुटिहरु प्रति सम्मेलनको संयोजकको हैसियतले म यहाहरुमा क्षमा याचना चाहान्छु । अन्तमा सम्मेलन सफल बनाउनको लागि प्रत्यक्ष वा परोक्ष सहयोग गर्नु हुने सबैलाई पुनः धन्यवाद भन्न चाहान्छु ।

धन्वाबाद !

सोनाम लामा

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन(२०१६

संयोजक

तथा

क्षेत्रिया संयोजक गैर आवासीय नेपाली संघ, अमेरिकाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *